कसरी भयो त एशेज को सुरवात ?

विपुल भट्टराई

झापा मंसिर ६ ।  क्रिकेट दुनियाँकै सबैभन्दा चिरपरिचित दुई टोलि इन्ग्लेंड र अष्ट्रेलिया बिचको टेस्ट सिरिज "एशेज" लाई क्रिकेटको सबैभन्दा ठूलो लडाईंका रुपमा लिइन्छ। सदैव एक अर्काको कट्टर प्रतिद्वन्धि रहदैं आएका यी दुई टोलीले एशेज ट्रफी हात पार्नलाई खेलमा जिउ ज्यान समर्पण गर्न तयार हुन्छन्। यी दुई टोली बीचको खेलको पर्खाई खेलाडीलाई मात्र नभई सारा क्रिकेट प्रेमीलाई पनि उत्तिनै हुनेगर्दछ। क्रिकेटको यो रोमान्चक रुप कुनै युद्ध वा जंग भन्दा कम हुदैन। आखिर कसरि भयो त एशेज को सुरवात ?

एशेजको शाब्तिक अर्थ खरानी हो। सन् १८८२ मा अष्ट्रेलियाको क्रिकेट टोलीले इन्ग्लेंडको भ्रमण गरेको थियो। त्यस दौरान पाहुना टोलि अष्ट्रेलियाले इन्ग्लेंडलाई ओभलमा भएको टेस्ट म्याचमा हराउन सफल भयो। इंग्लिश जमिनमा अष्ट्रेलियाको यो पहिलो टेस्ट जित थियो। घरेलु टोलि इन्ग्लेंडका समर्थकले यो हार सहन सकेनन्, तसर्थ "द स्पोर्टिंग टाइम्स" नामक एक इंग्लिश पत्रिकाले एक व्यंग्यात्मक लेख छापेको थियो।

त्यस लेखमा, इंग्लिश क्रिकेटको निधन भएको र उसको अन्तिम संस्कार गरेर खरानी (एशेज) लाई अष्ट्रेलिया लगिने भनेर लेखिएको थियो। त्यसपछि सन् १८८२-८३ मा जब अंग्रेजटोलि टेस्ट सिरिज खेल्नका लागि अष्ट्रेलिया गयो, तब सबैले इन्ग्लेंड आफुले अघिल्लो टेस्ट सिरिजमा गुमाएको आफ्नो खरानी फिर्ता लिन अष्ट्रेलिया गएको भनेका थिए। इंग्लिश संचार माध्यमले त त्यस सिरिजलाई एशेज(खरानी) फिर्ता ल्याउने सिरिजका रुपमा परिभाषित गरे। इन्ग्लेंडले त्यस सिरिजलाई आफ्नो हातमा पार्न सफल भयो र मेलबर्नमा इन्ग्लेंडले टेस्ट म्याच जितेपछि केहि स्थानीय महिलाहरुले इंग्लिश कप्तानलाई एउटा सानो हड्डी राख्ने कलश उपहार दिदै, त्यस कलशमा अष्ट्रेलिया क्रिकेटको खरानी रहेको भनेका थिए। तर वास्तबमा त्यस कलश भित्र बेल्स लाई आगो लगाएर बनाएको खरानी राखिएको थियो। यसरी एशेज क्रिकेटको सुरुवात भएको मानिन्छ।

एशेज ट्रफीको उचाई १५ सेन्टिमिटर (६ ईन्च) हुनेगर्दछ। यो ट्रफीभित्र क्रिकेट बेल्स लाई आगो लगाएर बनाएको खरानी राखिएको हुन्छ। हरेक संस्करण मा आयोजक फेरिने गर्दछन र यसपटक एशेज क्रिकेट अष्ट्रेलियाले आयोजना गर्दैछ। ३२ पटक एशेजको उपाधि हात पारिसकेको अष्ट्रेलिया यसपटक पनि यो ट्रफी हातपार्ने दाउमा हुनेछ भने पाहुना टोलि इन्ग्लेंडभने ट्रफी घर लिएर जाने दाउमा हुनेछ। इन्ग्लेंडले ३१ पटक एशेजलाई आफ्नो हात पारिसकेको छ।

यस सिरिजको सुरुवाती दिनमा ५ टेस्ट खेल्ने चलन रहेता पनि केहि बर्ष यता एक दिवसीय खेल र टि – ट्वान्टीलाई पनि एशेजमा सम्मेलित गर्दै आइएको छ। केहि बर्ष यता त यी दुई देशका महिला टोलि बीच महिला एशेजको समेत सुरवात भएको छ। पुरुष तर्फको एशेज नोभेम्बर २३ बाट सुरुहुँदै छ।

 

प्रतिकृया दिनुहोस

एसेज इग्ल्याण्डका लागि विर्सनलायक, अष्ट्रेलिया ४–० ले विजयी

झापा, पुस २४ । अष्ट्रेलियासँगको प्रतिष्ठित क्रिकेट शृङ्खलाको यसपटकको संस्करण इंग्ल्याण्डका लागि विर्सनलायक बनेको छ । अष्ट्रेलियासँग शृङ्खला

फाल्गुनन्द गोल्डकपको फाइनल आज ः  दुबै टिम भन्छन्, खेल हामी जित्छौं 

फिदिम, पुस १६ । पाँचथरको फिदिमममा जारी नबौं रुस्लान फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिताको फाइनल खेल आज हुँदैछ । प्रतियोगिताको फाइनलमा पुगेका दुबै

भारतद्धारा सिरिज कब्जा

झापा, पुष ३ । प्रारम्भिक ब्याट्सम्यान शिखर धवनले आकर्षक रूपमा शतक बनाएपछि श्रीलंकाविरुद्ध वान–डे इन्टरनेसनल सिरिजको निर्णायक खेलमा आइतबार भारतले