नेपाल हङकङसँग पनि अंक बाँड्न बाध्य

झापा मंसिर ५ । महिला ट्वेन्टी ट्वेन्टी विश्वकपको एशियाली छनौटमा नेपालले मंगलबार हङकङसँग पनि अंक बाँडेको छ । थाइल्याण्डको बैंककमा पानी परेर खेल हुन नसकेपछि हङकङ र नेपालले समान १–१ अंक बाँडेका हुन् ।

टस नै नगरी खेल स्थगित भएपछि नेपालले हङकङसँग पनि अंक बाँड्न बाध्य भयो । योसँगै नेपालले प्रतियोगिताको सुरुआती दुई खेलबाट २ अंकमात्रै पाएको छ ।

दुई खेलबाट ३ अंक जोडेको हङकङ अंकतालिकाको शीर्ष स्थानमा छ ।

एसिया क्षेत्रको विश्वकप छनोट प्रतियोगितामा नेपालले अब युएई, चीन र मलेसियासँग खेल्न बाँकी छ ।

६ राष्ट्र सम्मिलित प्रतियोगिता ‘राउन्ड रोबिन लिग’को आधारमा सन्चालन भइरहेको छ ।

प्रतिकृया दिनुहोस

भारतको लज्जास्पद हार

भारतविरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा श्रीलंकाले शानदार जित हासिल गरेको छ । आइतबार भारतको धर्मशालामा भएको खेलमा श्रीलंका ७ विकेटले विजयी भएको हो

विराटको छैटौं दोहोरो शतक, उच्च स्कोरमा पनि सुधार

झापा मंसिर १६ । भारतीय क्रिकेट कप्तान विराट कोहलीले छैटौं दोहोरो शतक बनाएका छन् । उनले श्रीलंकासँगको तेश्रो टेष्ट क्रिकेटमा पनि दोहोरो शतक पूरा गरेका

नेपाल र केन्या बिचको खेल आज

झापा मंसिर १६ । युएई भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले आफ्नो दोश्रो अभ्यास खेलमा आज केन्या संग प्रतिश्पर्धा गर्दैछ । नेपाली टोलीले केन्या