पाकिस्तानमा सडक दुर्घटनामा २० जनाको मृत्यु

झापा मंसिर ५ । पाकिस्तानको दक्षिणी सिन्ध प्रान्तमा सोमबार भएको सडक दुर्घटनामा परी कम्तीमा २० जनाको मृत्यु भएको छ ।

खैरपुर भन्ने ठाँउमा कोइला ढुवानी गर्न लागिएको ट्रकसँग यात्रुबाहेक भ्यान ठोक्किएर दुर्घटना भएको प्रहरी सहायक उपरीक्षक राई माझर इक्वालले जानकारी दिए ।

दुर्घटनामा परेको भ्यान र त्यसमा थिचिएर मृत्यु भएका तथा घाइते भएका यात्रुहरूलाई प्रहरी र उद्धारकर्ताहरूले निकालेको प्रहरी अधिकारीले बताए ।

खैरपुर जिल्ला अस्पतालका मेडिकल सुररिटेन्डेन्ट गुलाम सुम्रोले अस्पतालमा १० जनाको शव र पाँच जना घाइते ल्याएको जानकारी दिए । उनले घाइतेमध्ये थप तीन जनाको अस्पतालमा आएपछि मृत्यु भएकाले मृत्यु हुनेको संख्या २० पुगेको र बाँकी दुई जनाको गम्भीर अवस्थामा उपचार भइरहेको बताए ।

यात्रीबाहक भ्यान सुक्कुर जिल्लाबाट खैरपुर जिल्लातर्फ आइरहेका बेला दुघटना भएको बताइएको छ । प्रहरीले प्रारम्भिक अनुसन्धानबाट दुघटनाको दोषी देखिएका ट्रकका चालकका विरुद्धमा मुद्धा दायर गरेको छ ।

प्रतिकृया दिनुहोस

पत्रकार खशोग्गीलाई दिएको यातना सुन्नै नसकिने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपलब्ध खशोग्गीको हत्यामा दिइएको श्रब्य सामग्रीबारे आफूले जानकारी लिएको तर उक्त सामग्री सुन्नै नसकिने रहेको

हवाई आक्रमणमा ४३ जना सिरियालीको मृत्यु

अमेरिकी नेतृत्वको गठबन्धनले पूर्वी सिरियामा चलाएको हवाई आक्रमणमा ४३ सिरियालीको ज्यान गएकाे सिरियाली मानव अधिकारवादी संगठनले जनाएको छ । सिरियन

क्यालिफोर्निया आगलागीमा एक हजार बेपत्ता, ६३ को मृत्यु (video)

अमेरिकाको क्यालिफोर्नियामा भएको आगलागीका कारण अहिलेसम्म एक हजार भन्दाबढी जनता बेपत्ता भएका छन्। आगलागीमा शनिबारसम्म ६३ जनाको मृत्यु भएको बताइएको