आर्मी फाइनलमा

विनोद सापकोटा
झापा मंसिर ०५ । त्रिभुवन आर्मी झापाको झिलझिलेमा जारी दोश्रो सताक्षी गोल्डकपको फाईनलमा प्रवेश गरेको छ । घरेलु रमपम झापा ११ विरुद्ध ३—०को फराकिलो जित निकाल्दै त्रिभुवन आर्मीले गोल्डकपको कम्तिमा दोश्रो उपाधि पक्का गरेको हो ।


आर्मीको जितमा स्ट्राइकर नवयुग श्रेष्ठ हिरो भए । सुरुवातदेखि नै आक्रमक देखिएको आर्मीले खेलको दोस्रो मिनेटदेखि नै झापाको पोष्टमा लगातार प्रहार सुरु गरेको थियो । नवयुगले खेलको १३औँ मिनेटमा गोलको खाता खोल्दै आर्मीलाई अग्रता दिलाए । सन्तोष तामाङको फ्रि–किकलाई नवयुगले जालि चुमाएका थिए । २७ औँ मिनेटमा पुनः नवयुगले नै गोल गर्दै पहिलो हाफमा आर्मीलाई २–० को अग्रता दिलाए । उनले वान भर्सेस वान गर्दे व्यत्तिगत दोश्रो गोल गर्न सफल भए ।


दोस्रो हाफको ३३ औँ मिनेटमा दीप लामाले शानदार गोल गर्दै आर्मीका लागि ३–० को अग्र्रता दिलाए । आर्मीको तुलनामा रमपम झापा ११ ले दर्शकको हुटिङ्ग सगै समर्थन पाएको थियो । तर रमपम झापा ११ ले आर्मी विरुद्ध कुनै गोल गर्न नसकेपछि दर्शक निरास दखिन्थे ।


खेलको म्यान अफ द म्याच २ गोल गर्ने आर्मीका खेलाडी नवयुग श्रेष्ठ घोषित भए । उनलाई नगद १० हजार रुपैयाँ प्रदान गरियो । प्रतियोगिताअन्तर्गत मंगलबार हुने दोस्रो सेमिफाइनल खेलमा आयोजक सतासीधाम स्पोर्टिङ क्लब र मनाङ मस्र्याङ्दीबीच भिडन्त हुने हाम्रा सम्बाददाता विनोद सापकोटाले वताएका छन । १० वटा टिमले सहभागिता जनाएको प्रतियोगिताको विजेताले पाँच लाख, उपविजेता टीमले दुई लाख पचास हजार हात पार्नेछ ।
 

प्रतिकृया दिनुहोस

भारतको लज्जास्पद हार

भारतविरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा श्रीलंकाले शानदार जित हासिल गरेको छ । आइतबार भारतको धर्मशालामा भएको खेलमा श्रीलंका ७ विकेटले विजयी भएको हो

विराटको छैटौं दोहोरो शतक, उच्च स्कोरमा पनि सुधार

झापा मंसिर १६ । भारतीय क्रिकेट कप्तान विराट कोहलीले छैटौं दोहोरो शतक बनाएका छन् । उनले श्रीलंकासँगको तेश्रो टेष्ट क्रिकेटमा पनि दोहोरो शतक पूरा गरेका

नेपाल र केन्या बिचको खेल आज

झापा मंसिर १६ । युएई भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले आफ्नो दोश्रो अभ्यास खेलमा आज केन्या संग प्रतिश्पर्धा गर्दैछ । नेपाली टोलीले केन्या