धानको मूल्य निर्धारण नहुँदा किसान मारमा

रेजिना गौतम
झापा मंसिर ०५ । आफूहरुले उत्पादन गरेको धानको मूल्य निर्धारण नहुँदा किसानहरु मारमा पर्ने गरेको झापा घैलाडुब्बाका किसानहरुले गुनासो गरेका छन् । 
बाली लगाउँदादेखिको हिसाब गर्दा एकमन धानले एउटा खेतालाको ज्याला दिन पनि नपुग्ने कनकाई नगरपालिका–९ की गोमा संग्रौलाले बताउनु भयो । 

किसानले किनेर खानुपर्ने बस्तुको मूल्य बृद्धि हुनु र किसानले उत्पादन गरेको अन्नबालीले भाऊ नपाउँदा किसान संधै मारमा पर्ने गरेको संग्रौलाको भनाइ छ । 
कनकाई–९ का दियालो बस्तीका यामनाथ थापाको पनि गुनासो उस्तै छ । 

अन्य सामग्रीको मूल्य बढेपनि अन्न तथा पशुचौपायाको मूल्यमा बृद्धि नहुँदा महंगीकै कारण किसानलाई टिक्नै मुस्किल भएको थापाले बताउनु भयो । 

सरकारले किसानहरुले उत्पादन गरेको धानको मूल्य नतोक्दा बजारमा धानका भाउ मनपरी हुने गरेको छ । जसका कारण उत्पादकले लागत बराबरको मूल्य समेत नपाएको गुनासो गर्दै आएका छन् ।   
 

प्रतिकृया दिनुहोस

डेढसय  वर्षपछि नेपाली चियाको लोगो 

इलाम २४ पुस । नेपालमा चिया रोपिएको करिब ढेडसय वर्ष पछि विदेशी बजारमा बिक्रीकालागि चियाको नेपाली लोगो तयार भएको छ । चिया तथा कफी विकास बोर्ड, चिया

नमुना बन्यो कन्काई नहर

केपी अधिकारी, झापा पुस १६ । कन्काई सिंचाइ व्यवस्थापन डिभिजन गैंडे झापामा प्रमुखको जिम्मेवारी सम्हाल्न २ बर्ष अघि विरेन्द्र प्रसाद यादव आए । कार्यभार

प्रधानमन्त्री कार्यालयले थाहा पायो तरकारीको भाउ

झापा कात्तिक ३० ।  कृषि प्रधान देशको प्रधानमन्त्री कार्यालयले बल्ल चाल पाएको छ उपभोक्ताहरुले उपभोग गरिरहेको हरिया तरकारीको भाउ । तरकारीको भाउ