गणतन्त्रका विरोधीलाई मतदान नगर्न सिटौलाको आग्रह

रेवती घिमिरे
झापा, मंसीर ०५ । नेपाली काँग्रेसका पूर्व महामन्त्री तथा संघीय संसद झापा क्षेत्र नम्वर ३ का उम्मेद्वार कृष्णप्रसाद सिटौलाले संघीय लोकतान्त्रिक गणतन्त्रका विरोधीलाई मतदान नगर्न मतदातासित आग्रह गरेका छन् ।


चुनावी अभियान अन्र्तगत भद्रपुरको भानुचौकमा आयोजित टोल सभालाई सम्बोधन गर्दै नेता सिटौलाले गणतन्त्रका सपूत सुरज विश्वास र राजन गिरीको रगत सुकी नसकेको अवस्थामा परिवर्तन विरोधी भूमिकामा रहेका राप्रपाका उम्मेद्वारलाई मत नदिन अनुरोध गरेका हुन् ।


एमाले र माओवादी केन्द्रका जागरुक कार्यकर्ताले संस्थागत भइ नसकेको संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि आफ्नो उम्मेद्वार नरहेको अवस्थामा सहयात्री दल नेपाली काँग्रेसको उम्मेद्वारलाई मतदान गरी परिवर्तनको रक्षामा लाग्नु पर्ने भन्दै नेता सिटौलाले परिवर्तन विरोधीलाई पाखा लगाउन आग्रह गरे ।

उनले हिजो पञ्चायत कालमा काँग्रेस र कम्युनिष्टलाई राष्ट्रघाती भन्दै भाला र खुकुरी हानेर परिवर्तनको बेग रोक्ने भूमिका खेलेका राप्रपा उम्मेद्वारलाई आज मतदान गर्न प्रगतिशील पक्षधर लाग्न नहुने बताए । परिवर्तनको जनलहर रोकेर परिवर्तन विरोधी पक्षमा लगाइए सहिदको अपमान हुने भन्दै नेता सिटौलाले वैकल्पिक शक्तिका रुपमा कम्युनिष्ट मतदाताले नेपाली काँग्रेसका उम्मेद्वारलाई मतदान गर्न अनुरोध गरे ।


कार्यक्रमा प्रदेश सभा तर्फ “ख” का उम्मेद्वार भूमिप्रसाद राजवंशीले प्रदेश सभामा आदिवासी जनजाति समुदायको उपस्थिति दर्शाउन पनि आफ्नो उम्मेद्वारी अनुमोदन हुनु पर्ने तर्क गरे । उनले विभेदको अन्त्य तथा समान राज्य व्यवस्थाको जनतामा पहुँचका लागि आफूलाई मतदान गर्न मतदातासित अनुरोध गरेका थिए ।
 

प्रतिकृया दिनुहोस

प्रदेश राजधानीको विषयले देउवालाई सकस

झापा, पुस २४ – राष्ट्रियसभाको चुनावपछि मात्रै सरकार छाड्ने तयारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा अप्ठ्यारोमा पर्नुभएको छ । राष्ट्रियसभा

सुनसरी ३ मा पुनःमतगणनाको माग, सर्वोच्चमा रिट दायर

झापा पुस १२ । सुनसरी ३ मा पुनःमतगणना गर्नुपर्ने माग गर्दै वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेकपा (एमाले) का भगवती चौधरीले सर्वोच्च

चुलाचुलीमा संघिय समाजवादी महिला फोरमको गठन

इलाम, पुष ९ । संघीय समाजवादी फोरमको चुलाचुली गाउँपालिकामा संघीय समाजवादी महिला फोरमको गठन गरिएको छ । महिला फोरमकी लिम्बूवान सचिव रिपल राईको प्रमुख