सर्वहारा वर्गको नेतृत्व गर्ने व्यक्ति कुनै सिमानामा नबाँधिनेः सुरेन्द्रकुमार कार्की

रेवती घिमिरे
झापा, मंसीर ०५ । नेकपा माओवादी केन्द्रका नेता तथा झापा क्षेत्र नम्बर १ का उम्मेद्वार सुरेन्द्रकुमार कार्कीले सर्वहारा वर्गको नेतृत्व गर्ने व्यक्ति कुनै विशेष स्थान, जात र समुदायको मात्र सिमानामा नबाँधिने बताएका छन् ।
 चुनावी अभियान अन्र्तगत झापाको भद्रपुर १० चन्द्रगढीमा घरदैलो कार्यक्रममा आइपुगेका कार्कीले देशलाई सम्बृद्ध बनाउने व्यक्ति सानो इलाकामा सिमित हुन नसक्ने बताएका हुन् ।
 कार्यक्रममा बोल्दै कार्कीले नेपाली काँग्रेसले प्रजातान्त्रिक समाजवाद छोडिसकेको तर्क गर्दै विश्व बैंक र अन्र्तराष्ट्रिय मुद्रा कोषको नीतिलाई समाजवादका रुपमा काँग्रेस नेताले व्याख्या गरिरहेको आरोप लगाए । उनले कम्युनिष्ट मात्र नेपाली मोडलको समाजवादका निर्माता बन्ने भन्दै विदेशी नक्कलको समाजवादका पछि नेपालको वाम शक्ति लाग्न नहुने समेत जनाए । नेता कार्कीले आफ्नो जीत निश्चित रहेको भन्दै वाम राप्रपा गठबन्धन विश्वासको आधार रहेको तर्क गरे ।
कार्यक्रममा वाम गठबन्धनबाट प्रदेश सभा “ख” मा उम्मेद्वार रहेका एमाले जिल्ला सदस्य गोपालचन्द्र बुढाथोकीले लोकप्रीयताका लागि असम्भव नारा दिन नहुने भन्दै अधिकार र कार्यक्षेत्रको निश्चित भइ नसकेको प्रदेश सभामा आफूले विजयी भए जनपक्षीय काम पूरा गर्ने बचन दिएका थिए । उनले विभेद अन्त्यगरी संघीय गणतन्त्रको सफल कार्यान्वयनका लागि वाम गठबन्धनको नेतृत्व आवश्यक परेको प्रष्ट पारे ।
 

प्रतिकृया दिनुहोस

प्रदेश राजधानीको विषयले देउवालाई सकस

झापा, पुस २४ – राष्ट्रियसभाको चुनावपछि मात्रै सरकार छाड्ने तयारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा अप्ठ्यारोमा पर्नुभएको छ । राष्ट्रियसभा

सुनसरी ३ मा पुनःमतगणनाको माग, सर्वोच्चमा रिट दायर

झापा पुस १२ । सुनसरी ३ मा पुनःमतगणना गर्नुपर्ने माग गर्दै वाम गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेकपा (एमाले) का भगवती चौधरीले सर्वोच्च

चुलाचुलीमा संघिय समाजवादी महिला फोरमको गठन

इलाम, पुष ९ । संघीय समाजवादी फोरमको चुलाचुली गाउँपालिकामा संघीय समाजवादी महिला फोरमको गठन गरिएको छ । महिला फोरमकी लिम्बूवान सचिव रिपल राईको प्रमुख