सताक्षीधामको भेटी साढे पाँच लाख वढी 

विनोद सापकोटा
झापा, मंसिर ४ । सताक्षीधाममा यस वर्ष लागेको वालाचर्तुदशी धार्मीक मेलाको भेटी सार्वजनिक भएको छ । सताक्षीधाम मन्दिर विकास समितिले मेला सकिएको भोली पल्ट नै औपचारीक रुपमा भेटी सार्वजनिक गरेको हो ।


मन्दिर बिकास समितिका सहसचिव ज्ञानप्रसाद लुईटेलले यस वर्ष ५ लाख ५२ हजार १ सय ९० रुपैयाँ भेटी संकलन भएको वताउनुभयो । सवारी पार्कीङ्गवाट ३० हजार र मन्दिरको आजिवन सदस्यता वाट १६ हजार ५ सय रुपैयाँ संकलन भएको लुईटेलले वताउनुभयो । शताक्षीधाम परिषरको शिवालय मन्दिर छेउमा राखिएको सहयोग रसिद मार्फत सर्वसाधरण धर्मप्रेमी दाताबाट ४ लाख ७५ हजार ६ सय ९० रुपैयाँ भेटी संकलन भएको सताक्षीधाम मन्दिर विकास समितिले जनाएको छ । 


संकलित भेटि बाट सताक्षीधाम मन्दिर परिषरमा पुर्वाधार निर्माण हुने समितिले जनाएको छ । यो वर्षको वालाचर्तुदशी धार्मीक मेलामा भारतका दार्जेलिङ्ग, गान्तोक, खर्साङ्ग, शिलगढी, वृन्दावन, हरियाणा लगायतका स्थानबाट समेत सतविज छर्न भक्तजन आएका थिए । 

प्रतिकृया दिनुहोस

सुनको भाउ घट्यो

सुनको भाउ घट्यो झापा मंसिर १९ । सुनचाँदीको भाउ आज मंगलबार घटेको छ । सुनको भाउ तोलामा १ सय रुपैयाँ र चाँदीको भाउ ५ रुपैयाँले घटेको नेपाल सुनचाँदी

एक्सेल बैंकको नाफा १५ करोड माथी 

झापा मंसिर १८ । एक्सेल डेभलपमेन्ट वैंक लिमिटेडले आ.व. ०७३।०७४ मा १५ करोड ४ लाख ४९ हजार रुपैयाँ खुद मुनाफा गर्न सफल भएको छ । यस वैंकको हाल सम्म लगानीमा

अब एक लाख रुपैयाँभन्दा बढी रेमिट्यान्स नगदमा भुक्तानी नहुने

झापा मंसिर १६ । रेमिट्यान्स कम्पनीले अब एक लाखसम्म मात्र नगदमा भुक्तानी गर्न पाउने भएका छन् ।  राष्ट्र बैंकले विदेशबाट आउने रेमिट्यान्स १ लाख