राष्ट्रपति र उपराष्ट्रपतिको शुभकामना

माघ २२, २०७५ 

काठमाडौं : राष्ट्रपति भण्डारीले नेपालमा मनाइने चाडपर्व र संस्कृतिहरूको संरक्षण तथा संवर्धन गर्न सके विश्वसामु नेपाल र नेपालीको पहिचान कायम राख्न सकिने बताएकी छिन्।  सोनाम ल्होछारका अवसरमा शुभकामना दिँदै उनले यो पर्वबाट सबै नेपालीबीच एकता सुदृढ गर्दै नयाँ उत्साह एव उमंगकाका साथ देशमा शान्ति, सद्भाव र सहिष्णुता कायम गरी आर्थिक, सामाजिक र सांस्कृतिकरूपले समृद्ध नेपाल निर्माण गर्ने प्रेरणा सबैमा मिलोस् भन्ने कामना गरेकी छिन्। ‘नेपालसहित सिंगापुर, मलेसिया, भारत, थाइल्याण्ड, मंगोलिया, भियतनाम, भुटान, लाओस, म्यान्मार, जापानलगायत देशमा समेत फरक फरक नाम र शैलीमा मनाइने सोनाम ल्होहार पर्वले विश्वशान्ति र भ्रातृत्व प्रवर्धनमा समेत उत्तिकै टेवा पुग्ने मैले विश्वास लिएको छु’, उनको शुभकामनामा उल्लेख छ। यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक सद्भावलाई सुदृढ गर्दै राष्ट्रिय एकतालाई मजबुत बनाउँदै आएको बताएका छन्।  उनले नेपाल राष्ट्रको पहिचान र अमूल्य निधिका रूपमा रहेका मौलिक संस्कृतिको संरक्षण तथा संवर्धन गर्ने प्रमुख दायित्व राज्यको रहेको बताएका छन्।
 

प्रतिकृया दिनुहोस

नेपाली भूमि 'अतिक्रमण' गरी चीनले लगाएको तटबन्धले किमाथाङ्का गाउँ नै बग्ने खतरा !

संखुवासभा – पूर्वी पहाडी जिल्ला संखुवासभाको सीमावर्ती किमाथाङ्का गाउँको पुच्छारबाट बगेको अरुण नदीले बर्सेनि नेपाली भूमि कटान गर्दा दिनानुदिन

२६ वर्षमा ४५ हजार एनजीओ अनुगमन गर्ने समाजकल्याण पर्‍यो थला

फागुन ४, २०७५ काठमाडौं : मुलुकमा गैरसरकारी संस्था  (एनजीओ)को जालो यति धेरै बढेको छ कि विकट गाउँबस्तीदेखि सहरका महलसम्म एनजीओको पहुँच छ। सामाजिक सेवा,

विदेसबाट आउँदा के-के कति ल्याउन पाइन्छ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदेशबाट फर्किनेले ल्याउने सामानमा कडाई गरिएको छ। जनवरी १ देखि तोकिएभन्दा बढी सामान ल्याएमा सम्पूर्ण रुपमा