अवैध औषधि पसल खोलेर बिरामी जाँच्‍ने भारतीय नागरिक पक्राउ

माघ २१, २०७५   भद्रपुर (झापा) :  

सीमावर्ती बजारमा अवैध रुपमा औषधि पसल खोलेर नेपाली बिरामी जाँच्ने एक भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत विहारस्थित किशनगञ्ज जिल्ला राजाग्राम बस्ने ३२ वर्षीय सागर सिंह रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए। प्रहरीका अनुसार सिंहले दक्षिणी झापाको कचनकवल गाउँपालिका २ पथरीया बजारमा औषधि व्यवस्था विभागको अनुमतिपत्र बिना औषधि पसल खोलेका थिए। उनले भारतबाट अवैध रूपमा औषधि ल्याउनुका साथै नेपाली बिरामी जाँचेर बिक्रीवितरण गर्दै आइरहेको गोप्य सूचनाको आधारमा उनलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक श्रेष्ठले बताए। पक्राउ गरिएको भारतीय नागरिक सिंहलाई आवश्यक कारबाहीका लागि विराटनगरस्थित औषधि व्यवस्था विभाग पठाइसकेको जनाइएको छ।
 

प्रतिकृया दिनुहोस

प्रदेश नं १ को नाम ‘विराट प्रदेश’ राख्न माग

विराटनगर, राजवंशी समाज उत्थान समिति (विराट) केन्द्रीय समितिले प्रदेश नं १ को नाम ‘विराट प्रदेश’ घोषणा गर्न माग गरेको छ । समितिका केन्द्रीय सभापति

बेस्ट कपल फोटोग्राफी को अवार्ड 

 चारआली जेसिसद्धारा आयोजित बेस्ट कपल फोटोग्राफी को अवार्ड कञ्चनजङघा एफएमका कार्यक्रम निर्देशक दिपेन्द्र पौडेल र निकुञ्ज खतिवडाको जोडिले जितेको

बालकको मृत्युपछि बिर्ता सिटी हस्पिटल तोडफोड

माघ २१, २०७५ अस्पतालको लापरबाहीले दुई वर्षीय बालकको मृत्यु भएको भन्दै मृतकका आफन्त र स्थानीयवासीले बिर्तामोडस्थित बिर्ता सिटी हस्पिटलमा तोडफोड