भद्रपुर विमानस्थलमा रात्रिकालीन उडान सुरु

माघ १८, २०७५ भद्रपुर (झापा) : प्रधानमन्त्री केपी शर्मा ओलीले झापा सदरमुकाममा रहेको भद्रपुर विमानस्थलमा राात्रिकालीन हवाइ उडान सेवा सुरु गरेका छन्। बिहीबार साँझ सेवाको उद्घाटन गर्दै प्रधानमन्त्री ओली ७ः२२ बजे यति एयरलाइन्सको विमानबाट काठमाडौं फर्किए। सेवाको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले पहिलो पटक भद्रपुर विमानस्थलबाट रात्रिकालीन हवाइ उडानमार्फत काठमाडौं फर्किएका हुन्। प्रधानमन्त्री ओलीसँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ पनि रहेका थिए। नेपाल नागरिक उड्डयन कार्यालयले चन्द्रगढी नागरिक उड्डयन कार्यालयमा इन्स्टुमेन्टल फ्लाइट रुल्स (आइएफआर) मार्फत भद्रपुर विमानस्थलान जडान गरेको रात्रिकालीन हवाइ उडान सेवा सुरु गरिएको हो। प्रधानमन्त्री ओलीले विमानस्थलमा जडान गरिएको एयर फिल्ड लाइटिङ कन्ट्रोल प्यानलको टच स्क्रिन बटम थिचेर रात्रिकालीन हवाइ सेवाको उद्घाटन गरेका थिए। उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले रात्रिकालीन उडान सेवासँगै झापामा ऐतिहासिक दिनको सुरुवात भएको दाबी गरे। ‘हामी आजबाट नयाँ चरणमा प्रवेश गर्न सफल भएका छौं,’ प्रधानमन्त्री ओलीले भने, ‘अरु विमानस्थलजस्तै भद्रपुर विमानस्थल आधुनिक भएको छ।’ सेवा सुरु हुन एक दिनअघि बुद्ध एयरलान्इसको जहाजले आरएनएभी (एरिया नेभिकेसन) को सहायताले लो भिजिबिलिटी र हाल जडान गरिएको रनवे लाइटले रात्रिकालीन सफल परीक्षण उडान गरेको थियो। बुद्ध एयरले आगामी फेब्रुअरी १० बाट साँझ ५ः५० मिनेटमा रात्रिकालीन हवाइ सेवाका एउटा जहाज थपिसकेको बुद्ध एयरका शाखाका इञ्चार्ज ओम प्रधानाङले बताए। घाँसे मैदानबाट हवाइ सेवाको सुरुवात गरिएको यस विमानस्थलमा ढिलै भए पनि रात्रिकालीन सेवाको सुरुवात गर्न सफल भएको चन्द्रगढी नागरिक उड्डयन कार्यालयका प्रमुख पूर्ण चुडालले बताए। विमानस्थलको स्तरोन्ततिका लागि विमानस्थलमा एक्सरे मेसिन, बारुणयन्त्र, सिसि क्यामेरा जडान, चिल्डेन पार्क निर्माणको काम भइरहेका चुडालले बताए। चाँडै वान–वे रनवे बनाउनका लागि जमिन अधिग्रहणको कार्य भइरहेको उनले बताए। यस विमानस्थलमा बुद्ध, यति, नेपाल र श्री एयरलान्सले उडान हुँदै आएको छ। 

प्रतिकृया दिनुहोस

प्रदेश नं १ को नाम ‘विराट प्रदेश’ राख्न माग

विराटनगर, राजवंशी समाज उत्थान समिति (विराट) केन्द्रीय समितिले प्रदेश नं १ को नाम ‘विराट प्रदेश’ घोषणा गर्न माग गरेको छ । समितिका केन्द्रीय सभापति

बेस्ट कपल फोटोग्राफी को अवार्ड 

 चारआली जेसिसद्धारा आयोजित बेस्ट कपल फोटोग्राफी को अवार्ड कञ्चनजङघा एफएमका कार्यक्रम निर्देशक दिपेन्द्र पौडेल र निकुञ्ज खतिवडाको जोडिले जितेको

अवैध औषधि पसल खोलेर बिरामी जाँच्‍ने भारतीय नागरिक पक्राउ

माघ २१, २०७५   भद्रपुर (झापा) :   सीमावर्ती बजारमा अवैध रुपमा औषधि पसल खोलेर नेपाली बिरामी जाँच्ने एक भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ