निर्वाचनको तयारी हुँदै ः मुख्य निर्वाचन अधिकृत

कोकीला ढकाल
इलाम मंसिर ४ । मंसिर २१ गते हुने निर्वाचनकालागि आवश्यक तयारी भइरहेको मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले बताउनु भएको छ  । आज सञ्चारकर्मीहरूसँग निर्वाचनका सन्दर्भमा छलफल गर्दै मुख्य निर्वाचन अधिकृत सुवेदीले सुरक्षा समितिले पहिचान गरेको मतदान केन्द्रहरूको अवस्था अनुसार ती केन्द्रहरूको क्लस्टर छुट्याएर मतदान अधिकृत र सहायक मतदान अधिकृतहरूलाई त्यहाँ पठाउने तयारी भइरहेको जानकारी दिनुभयो । 
यसअघि जिल्ला  सुरक्षा समितिले जिल्लामा ४२ वटा मतदान केन्द्रलाई अति संवेदनशील, ६४ वटा केन्द्रलाई संवेदनशील र बाँकी १६० मतदान केन्द्रलाई सामान्यमा राखेको थियो । यी तीनै किसिमका केन्द्रहरूको क्लस्टर छुट्याएर ती क्लस्टरमा खटाइने मतदान अधिकृत र सहायक मतदाना अधिकृतलाई पहिला छनौट गरिने मुख्य निर्वाचन अधिकृत सुवेदीको भनाइ छ  । 
अहिले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र सिटङको काम हुँदैछ । प्रतिनिधिसभा, प्रदेशसभा र समानुपातिक तर्फका गरि हरेक मतदान केन्द्रमा पठाइने अलग–अलग तीन–तीन पोका पारेर तयारी भइरहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । हरेक केन्द्रमा मतदाता संख्या भन्दा ३ प्रतिशत बढी मतपत्र पठाइने बताइएको छ । मतदानकेन्द्रमा खटाइएका कर्मचारी मंसिर १८ गते भित्र केन्द्रमा पुगिसक्ने जनाइएको छ । 
यसैबीच इलामका सञ्चारकर्मीहरूले मतदान र मतगणनाका समयमा सहज ढंगले समाचार संकलनको वातावरण बनाउन मुख्य निर्वाचन अधिृकतलाई आग्रह गरेका छन् । गएको स्थानीय तह निर्वाचनमा कतिपय केन्द्रहरूमा सञ्चारकर्मी र पर्यवेक्षकलाई मतदान प्रक्रियाको निरिक्षण तथा पर्यवेक्षणमा रोक लगाइएको जानकारी दिंदै पत्रकार महासंघका केन्द्रीय सदस्य सटेन्द्र जबेगूले सञ्चारकर्मीकालागि सूचना संकलन गर्ने कार्य सहज बनाउन आग्रह गर्नुभयो । महासंघ इलाम अध्यक्ष कोकिला ढकालले विषेशगरि उम्मेदवारले मत खसाल्ने मतदान केन्द्रहरूमा सञ्चारकर्मीलाई रिपोटिङ गर्न र मतगणनामा पनि सहज सूचना लिने वातावरण बनाउन आग्रह गर्नुभयो । कार्यक्रममा महासंघका पूर्वअध्यक्षहरू तथा विभिन्न सञ्चार माध्यममा कार्यरत सञ्चारकर्मीको सहभागीता थियो । 
नमूना मतदान जारी 
जिल्ला निर्वाचन कार्यालयले आइतबार सूर्योदय नगरपालिकामा नमुना मतदान सम्पन्न गरेको छ । मतदान कसरी गर्ने भन्ने अभ्यास गराउन र मतदातालाई सिकाउन नमूना मतदान गरिएको जिल्ला निर्वाचन अधिकारी प्रेमकुमार काफ्लेले बताउनु भयो । सूर्योदय नगरपालिकामा १८० जनाले नमूना मतदान गरेका थिए । 
फिक्कल उच्च माविमा भएको नमूना मतदानको विद्यालयका प्रधानअध्यापक गंगा महतले उद्घाटन गर्नुभएको थियो । सोमबार जनता उच्च मावि चूलाचूली र त्यसपछि देउमाइ नगरपालिकाको भानुभक्त उच्च माविमा नमूना मतदानको कार्यक्रम रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 
 

प्रतिकृया दिनुहोस

बिजय गच्छदार बने प्रत्यक्षतर्फको अन्तिम सांसद

झापा, मंसिर २७ । सुनसरी क्षेत्र नम्बर ३ बाट अन्ततः नेपाली कांग्रेसका बिजयकुमार गच्छदार झिनो मतान्तरमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन्

प्रतिनिधिसभामा एमाले पहिलो दल

झापा, मंसिर २७ । प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्पm सुनसरी क्षेत्र नम्बर ३ बाहेक देशभरका सबै निर्वाचन क्षेत्रको मतगणना सकिएको छ । निर्वाचन

समानुपातिक तर्फ कांग्रेस भन्दा एमाले झिनो मतले अगाडी

लक्ष्मी गौतम फिदिम २६ मंसिर । पाँचथरमा समानुपातिक तर्फको ६० प्रतिसत मत गणना  सकिएको छ । ७७ हजार ९ सय १३ मत खसेको यस जिल्लामा बिहान १० बजेसम्म ५१ हजार