फाल्गुनन्द गोल्डकप : दार्जिलिङकाे रोयल एफसीलाई हराउँदै आर्मी फाइनल प्रवेश

unn.prixa.net

पाँचथर - पाँचथरको फिदिममा जारी फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा भारतको रोयल एफसी क्लब दार्जिलिङलाई २–१ गोल अन्तरले पराजित गर्दै त्रिभुवन आर्मी क्लब फाइनल प्रवेश गरेकाे छ ।

स्थानीय फिदिम माविको खेलमैदानमा शनिबार सम्पन्न अन्तिम सेमिफाइनल खेलमा भारतको रोयल एफसी क्लब दार्जिलिङलाई २–१ गोल अन्तरले पराजित गर्दै आर्मीले फाइनलमा झापा-११ सँगकाे भेट पक्का गरेको हो । झापा ११ ले शुक्रबार सरस्वती क्लब काठमाण्डौलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेकाे हाे ।

शनिबारकाे खेलमा ८९ औँ मिनेटसम्म १–१ गोलको बराबरी भएकोे खेलमा अन्तिम १ मिनेट सम्हालिन नसक्दा दार्जिलिङ प्रतियोगिताको सेमिफाइनलबाटै बाहिरिएको हो । खेलको ९० औँ मिनेटमा आर्मीका एरिक विष्टले विजयी गोल गर्दै आर्मीलाई उपाधि नजिक पुर्‍याए ।

यसअघि खेलको १५ औँ मिनेटमा राजेश पौडेलकाे गोलबाट आर्मीले अग्रता लिएको थियो । तर त्यो अग्रता धेरै समय टिक्न सकेन ।

२० औँ मिनेटमा दार्जिलिङका सिद्धान्त क्षेत्रीले बराबरी गोल गरे । ५२ औँ मिनेटमा करण राईको सशक्त प्रहार पोलको केहि माथिबाट बाहिरींदा  दार्जिलिङले अग्रता बनाउने मौका गुमाएकाे थियो ।

आर्मीका एरिक विष्ट खेलको म्यान अफ द म्याच हुँदै १० हजार रुपैयाँ प्राप्त गरे ।

उपाधिका लागि आर्मी र झापा–११ बीचकाे खेल सोमबार हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेता टिमले आकर्षक ट्रफीसहित नगद ४ लाख रुपैयाँ प्राप्त गर्नेछ भने दोस्रो हुने टिमले २ लाख पाउनेछ ।

प्रतिकृया दिनुहोस

टोटनह्यामकाे अप्रत्यासित हार, लेस्टर पनि पराजित

पुस १५, २०७५ टोटनह्याम हस्टपुरलाई इंग्लिस प्रिमियर लिग उपाधिहोडमा गम्भीर धक्का लागेको छ। शनिबार भएको खेलमा टोटनह्याम अन्तिम १८ मिनेटमा वेल्भेससँग ३

मोउरिन्होलाई प्रशिक्षक पद बचाउने अन्तिम मौका

इंग्लिस प्रिमियर लिगमा एक साता पछि फेस्टिभ सिजन सुरु हुँदैछ । क्रिसमस त्यसपछि नयाँ वर्षका कारण लिग केही साताका लागि रोकिनेछ । यो बीचमा प्रिमियर लिग

भावुक हुँदै गौतम गम्भीरले गरे क्रिकेटबाट सन्यासको घोषणा, भिडियो

भारतीय क्रिकेटर गौतम गम्भीरले क्रिकेटका सबै संस्करणका खेलबाट सन्यास लिएका छन्। उनी पछिल्लो दुई वर्षयता भारतको राष्ट्रिय टिमबाहिर थिए। यसैबिच