नेपाली जडिबुटीमा भारतको अंकुश

पुस २६, २०७५ काठमाडौं : नेपालबाट भारत तथा तेस्रो मुलुक निकासी  हुने जडिबुटीलाई विभिन्न बहाना गर्दै रोक लगिाउँदा व्यवसायी मारमा परेका छन्। ट्रान्जिट परमिटका कारण अनेकोँ झमेला थोपर्दै आएको भारतले पछिल्लो समय  ‘सूचीकृत’ भन्दा अन्य जडिबुटी निर्यातमा राक लगाएको हो। राजधानी दैनिकका अनुसार एक महिनायता रूपैडियाको भारतीय कस्टमले सूचीकृतभन्दा अन्य जडिबुटी भारत लैजान रोक लगाएपछि ठूलो परिमाणमा नेपाली जडिबुटी गोदाममा थन्किएको वयवसायीको गसनासो छ। जडिबुटीका प्रमुख निर्यातकर्ता नेपाल हर्ब प्रोसेसिङ प्लान्ट उद्योगका सञ्चालक तथा नेपाल जडिबुटी व्यवसायी संघका उपाध्यक्ष शकिल अहमद जसगढले भारतले रूपैडिया नाकाबाट जडिबुटी निकासा गर्दा पहिलेदेखि नै अंकुश लगाउने गरेको बताए। ‘भारतमा सूचीकृत नेपाली जडिबुटीको संख्या मुस्किलले २० वटा छ तर अन्य जडिबुटीको संख्या ५० देखि एक सयसम्म छ’, उनले भने। सूचीमा नपरेका कुरिलो, चिराइतो, पदमचालजस्ता धेरै जडिबुटी निकसी हुन पाएका छैनन्। सूचीमा परेका जडिबुटी एक महिनादेखि निकासी हुन नपाउँदा नेपालगञ्ज गोदाममै थन्किएर रहेको व्यवसायीको गुनासो छ।
 

प्रतिकृया दिनुहोस

प्रयागराज कुम्भ मेला : ४९ दिन, १२ करोड भक्तजन

विश्वकै ठूलो मानिने कुम्भ मेला भारतको उत्तर प्रदेशको प्रयागराजमा मंगलबारबाट सुरु भएको छ ।  ४९ दिनसम्म चल्ने यो मेलाको समापन मार्च ४ मा हुनेछ भने

देशभर मौसममा बदली, पहाडी भूभागमा पानी पर्ने सम्भावना

काठमाडौं – शुक्रबार काठमाडौंउपत्यकासहित देशभरको मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावले देशभरी कै

नेपालीको आत्मसम्मानको श्रेय पृथ्वीनारायण शाहलाईः प्रधानमन्त्री ओली

काठमाडौं, २७ पुस , प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीले पाएको स्वतन्त्र, सार्वभौम राष्ट्रको गौरवशाली नागरिकको आत्मसम्मानको श्रेय पृथ्वीनारायण