जिल्ला भ्रमणमा मन्त्रीले सके अढाइ करोड, हवाई यात्रा गर्दा पनि बझ्छन् इन्धन

पुस २६, २०७५ काठमाडौं : प्रधानमन्त्री केपी शर्मालीले नियुक्तिकै दिनदेखि  मितव्ययी बन्न र भ्रष्टाचार नगर्न आफ्ना मन्त्रलीलाई झकझक्यारहेका छन्। तर १० महिने कार्यकालमा मन्त्रीहरुले जिल्ला भ्रमणमा गरेको खर्च केलाउँदा कसैले पनि पनि निर्देशन पालना गरेको देखिन्न।  यो सरकारका २५ मन्त्रीले जिल्ला र विदेश भ्रमणको खचएमा अघिल्ले शेरबहादुर देउवा नेतृत्वको जम्बो मन्त्रिपरिषद्लाई पनि उछिनेका छन्।  २०७४ साल फागुन पहिलो सातादेखि मंसिरसम्म जिल्ला भ्रमणमा राज्यको ढुकुटीबाट करिब साढे २ करोड रुपैयाँ सिध्याइसकेका छन्।देउवा सरकारका ६४ मन्त्रीले करिब १ वर्षमा २ करोड ८८ लाख रुपैयाँ खर्चिएका थिए। प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयका अनुसार यत्तिको रकम दैनिक भत्ता र हवाई टिकमा मात्र खर्च चएको हो। मन्त्रीहरुले जिल्ला भ्रमण र अनुगमनक जाँदा सम्बन्धित मन्त्तालय र मातहत कार्यालयबाट समेत इन्धन र रकम लिने गरेका छन् भन्ने खबर कान्तिपुर दैनिकमा छ।  प्रधानन्त्री कार्यालयले मन्त्रीहरुलाई तलब, भत्ता र इन्धन उपलब्ध गराए पनि दोहोरो सुविधा लिइरहेका हुन्। ‘खर्च कटौती गर्न प्रधानमन्त्रीज्युले मितव्ययी बन्न भने पनि मन्त्रीहरुको पारा पहिला जस्तै छ’ प्रधानमन्त्री कार्यालयका एक अधिकारीले भने। 
 

प्रतिकृया दिनुहोस

बाइडबडी विमान प्रकरणमा देउवाकाे संलग्नताबारे छानबिन गर : कांग्रेस नेता पाैडेल

काठमाण्डाै - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बाइडबडी विमान खरिद प्रकरणमा संलग्न रहे/नरहेको बारे छानबिन गर्न वरिष्ठ नेता रामचन्द्र

अष्ट्रेलियाका लागि नेपाली राजदूत शेर्पा बर्खास्त

अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई सरकारले बर्खास्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शेर्पालाई हटाउने निर्णय गरेको हो।

वाइडबडी प्रकरण अनावश्यक हल्ला : उपप्रधानमन्त्री पोखरेल

कास्की – उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले वाइडबडी जहाज खरिद प्रकरणमा अनावश्यक हल्ला चलाइएको बताउनुभएको छ ।  वाइडबडी जहाज खरिद प्रकरणमा