पथरीशनिश्चरेमा ३ धाम सहितको संग्रहालय वन्ने

दमक, २५ पुस

     मोरङको पथरीशनिश्चरे १० स्थित भूटानी शरणार्थी शिविर क्षेत्रमा प्रदेश नम्वर १ कै गौरवको आयोजनाका रुपमा तिन धाम सहितको बहुजातीय संग्रहालय वन्ने भएको छ ।

      आज संग्रहालयस्थलको अवलोकनका क्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरेले पाथीभरा, हँलेसी र वराहक्षेत्र धाम सहितको साँस्कृतिक ग्राम निर्माणमा प्रदेश सरकार अघि बढिसकेको जनाउनु भएको छ ।

      उहाँले साँस्कृतिक ग्राममा हिमाली, पहाडी र तराईको जनजीवन झल्किनेस्थलहरु निर्माण गरिने समेत प्रष्ट्याउनु भएको छ ।

      मन्त्री घिमिरेसहितको सहभागितामा पथरीशनिश्चरे नगरपालिका कार्यालयमा साँस्कृतिक ग्राम निर्माणको अवधारणा तयारी कार्यदलको पहिलो वैठक बसी संग्रहालय क्षेत्रको अवलोकन गरिएको थियो ।

      शरणार्थीहरुको एकातिर व्यवस्थापन गरी त्यहाँ रहेको १ सय वढी विगाहा जग्गामा संग्रहालय निर्माण गरिने योजना अनुरुप प्रदेश सरकारले यो वर्ष डीपीआरका लागि वजेट छुट्याएको छ ।

प्रतिकृया दिनुहोस

नेपालका वन्यजन्तु भारत हुँदै बंगलादेश तस्करी, चितुवाको छालासहित दुई नेपाली भारतमा पक्राउ

(झापा) : पूर्वी नेपालको झापाबाट भारत हुँदै तेस्रो मुलुक बंगलादेशतर्फ नेपालका वन्यजन्तुको तस्करी हुने घटना सार्वजनिक भएको छ। झापाको काँकडभिट्टा

आज माघे (मकर) सङ्क्रान्ति,माई मेलामा भक्तजनको घुइचो

पवित्र नदी एवं त्रिवेणीमा स्नान, जप, तप, ध्यान र दान गरी घ्यू, चाकु, तरुल एवं खिचडी खाई माघे ९मकर० सङ्क्रान्ति पर्व आज देशभर मनाइँदैछ । सूर्य धनु राशिबाट

फाल्गुनन्द गोल्डकप : आर्मीलाई हराउँदै झापा–११ ले चुम्यो उपाधि

पाँचथर – पाँचथरको फिदिममा सम्पन्न १० औँ संस्करणको फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधि झापा–११ ले जितेको छ । फिदिम माविको खेल मैदानमा