चुनाव लगत्तै वाम एकता हुने ओलीको दावी

पर्वत पोर्तेल
काँकडभिट्टा,४ मंसिर । एमाले अध्यक्ष केपी ओलीले चुनाव लगत्तै वाम एकता हुने दावी गरेका छन् । 
आइतवार झापाको काँकडभिट्टामा आयोजित झापा १ को संयुक्त चुनावी सभालाई सम्वोधन गर्दै ओलीले भने,चुनावपछिको वाम एकतालाई कुनै शक्तिले रोक्न सक्दैन । ओलीले दुइतिहाई वहुमत सहित वाम गठवन्धनको सरकार वन्ने पनि ठोकुवा गरे । वाम सरकार वनेपछि जनताका तमाम समस्याको हल गरिने आश्वासन दिए । 


झापा १ वाट माओवादी नेता राम कार्कीलाई जिताउन आफ्ना कार्यकर्तालाई आग्रह पनि गरे । 
संयुक्त चुनावी सभालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले समेत सम्वोधन गर्ने कार्यक्रम तय भएपनि पुत्र प्रकाशको अकस्मात् निधनपछि दाहाल कार्यक्रम छाडेर राजधानी फर्किएका थिए । 

प्रतिकृया दिनुहोस

बिजय गच्छदार बने प्रत्यक्षतर्फको अन्तिम सांसद

झापा, मंसिर २७ । सुनसरी क्षेत्र नम्बर ३ बाट अन्ततः नेपाली कांग्रेसका बिजयकुमार गच्छदार झिनो मतान्तरमा प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन्

प्रतिनिधिसभामा एमाले पहिलो दल

झापा, मंसिर २७ । प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्पm सुनसरी क्षेत्र नम्बर ३ बाहेक देशभरका सबै निर्वाचन क्षेत्रको मतगणना सकिएको छ । निर्वाचन

समानुपातिक तर्फ कांग्रेस भन्दा एमाले झिनो मतले अगाडी

लक्ष्मी गौतम फिदिम २६ मंसिर । पाँचथरमा समानुपातिक तर्फको ६० प्रतिसत मत गणना  सकिएको छ । ७७ हजार ९ सय १३ मत खसेको यस जिल्लामा बिहान १० बजेसम्म ५१ हजार