प्रधानमन्त्री ओलीलाई रोगीको संज्ञा दिँदै डा. केसीले थाले अनशन

पुस २५, २०७५ काठमाडौं : शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘रोगी’को संज्ञा दिँदै इलामबाट आफ्नो १६औँ अनशन सुरु गरेका छन्। संसद्को शिक्षा तथा स्वास्थ्य समितिले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक बहुमतले पारित गरेपछि केसीले इलाममा पुगेर अनशन थालेका हुन्। उनी केही दिन अघिदेखि नै अनशन बस्ने उद्देश्यका साथ इलाममा पुगेका छन्। केसीले एक विज्ञप्ति जारी गर्दै आफ्नो १५ औं अनशनका क्रममा साउन १० गते सरकारसँग भएका सहमति बमोजिक चिकित्सा शिक्षा विधेयक आउनुपर्ने मुख्य माग राखेका छन्। उनले गौरीबहादुर कार्कीको आयोगले दोषी ठहर्‍याएकाहरुलाई कारबाहीसमेत गरिनुपर्ने माग गरेका छन्। ‘अराजकता, दण्डहीनता र भद्रगोलताको जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्छ,’ केसीले विज्ञप्तिमा भनेका छन्, ‘प्रधानमन्त्रीको गहन शारीरिक समस्या तथा त्यसको उपचार पद्धतिका दुष्प्रभावहरुका कारण निर्णय क्षमतामा असर परेको जस्तो देखिनु दुर्भाग्यपूर्ण हो।’ साथै केसीले सातै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्नुपर्ने, निर्मला पन्तका हत्यारालाई कारबाही गर्नुपर्ने र काठमाडौं विश्वविद्यालयले तोकेको शुल्क तत्काल फिर्ता गरि दोषीलाई कारबाही गर्नुपर्ने समेत माग गरेका छन्। समितिमा पास भएको विधेयकले काठमाडौं बाहिर मेडिकल कलेज खोल्न सकिने र काठमाडौं भित्र मनसाय पत्र पाएकालाई बाहिर सार्न सकिने व्यवस्था गरेको छ।  समितिले बहुमतका आधारमा विधेयक पास गरेको थियो। विधेयक पास भएसँगै केसीले प्रतिक्रिया दिँदै अब आफू ओली प्रचण्डका विरुद्धमा लड्ने बताएका थिए।
 

प्रतिकृया दिनुहोस

प्रयागराज कुम्भ मेला : ४९ दिन, १२ करोड भक्तजन

विश्वकै ठूलो मानिने कुम्भ मेला भारतको उत्तर प्रदेशको प्रयागराजमा मंगलबारबाट सुरु भएको छ ।  ४९ दिनसम्म चल्ने यो मेलाको समापन मार्च ४ मा हुनेछ भने

देशभर मौसममा बदली, पहाडी भूभागमा पानी पर्ने सम्भावना

काठमाडौं – शुक्रबार काठमाडौंउपत्यकासहित देशभरको मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावले देशभरी कै

नेपालीको आत्मसम्मानको श्रेय पृथ्वीनारायण शाहलाईः प्रधानमन्त्री ओली

काठमाडौं, २७ पुस , प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीले पाएको स्वतन्त्र, सार्वभौम राष्ट्रको गौरवशाली नागरिकको आत्मसम्मानको श्रेय पृथ्वीनारायण