अर्जुनधारामा महिलाहरुले सेनेटरी प्याड बनाउने तालिम लिए, अव हुने भयो ३५ सय रुपैया बचत

अर्जुनधारा नगरपालिकाको आयोजना, रोट्राक्ट क्लब बिर्तामोड मिडटाउनको प्राबिधिक सहयोग र हर प्याडको सहजिकरणमा अर्जुनधारा नगरपालिकामा बेरोजगार गृहणी महिलालाई लक्षित गरेर सेनेटरी प्याड बनाउन तथा वजारीकरण गर्न तालिम दिईएको छ ।
महिलाहरुलाई हुने मासिक श्राव (महिनावारी)का समयमा अति आवश्यक सेनेटरी प्याड बनाउन तथा विक्री वितरणको व्यवस्था गर्न ५ वडाकै महिला सहभागी हुने गरि ३० जनालाई तालिम दिइएको हो ।घरायसी कपडाको प्रयोग गर्दा निम्तीने स्वास्थ्य समस्या र बजारमा पाईने प्याड प्रयोगमा हुने खर्च कटौतीका लागि झापामा पहिलो पटक घरमै बनाउन सकिने र पुनः प्रयोग गर्न सकिने कपडाको प्याड वनाउन तालिम दिइएको हो ।

हर प्याडका तर्फबाट तिर्थराज कोइराला र श्रेया थापाले सेनटरी प्याडको महत्व, तथा कपडाको प्याड बनाउने तरिका र त्यसको बीक्री लगायतका विषयमा सहजीकरण गरेका थिए ।सामान्य तया महिलालाई महिनावारी हुदा एक बर्षमा २६० वटा प्याडको प्रयोग गर्नु पर्छ,बजारमा किन्दा ३५०० रुपैया खर्च हुन्छ, अब हाम्रो खर्च जोगिएको छ, तालिममा सहभागी एक महिलाले बताइन्।तालिममा सहभागीलाई प्रमाणपत्र प्रदान गर्दै अर्जुनधारा नगरपालिकाकी उपप्रमुख कमला आचार्यले सेनेटरी प्याड निर्माणसँगै यसको वजारीरकणका लागि सामुहिक पहलको आवश्यकता औल्याईन । व्यवसायिक निरन्तरताले आत्मनिर्भर बनाउन मदत पुग्ने भन्दै उनले आगामी दिनमा नगर स्तरमा पनि यस्ता कार्यक्रम सञ्चालन गर्नेमा विश्वास व्यक्त गरिन। सिपबिकासका यस्ता कार्यक्रमहरुले महिलाहरुको आर्थिक स्तर उकास्ने कार्यक्रमकी सयोजक कमला देवी भट्टराइले बताइन।

तालिमको समापनमा मन्तव्य राख्दै अर्जुनधारा ५ का वडा अध्यक्ष ध्यान बहादुर भारतीले महिलाहरुलाई सीपको भरपुर सदुपयोग गरी नगरपालिकालाई वातावरणमैत्री नगर बनाउन सहयोग गर्नसमेत आग्रह गरे ।ग्रामिण उद्यम कार्यकमले गरेको तालिम दुइ दिन सम्म चलेको थियो। समापन कार्यकमको संचालन भने उपभोगता समतिकी सचिव इन्दिरा भट्टराईले गरेकी थिइन।

प्रतिकृया दिनुहोस

नेपालका वन्यजन्तु भारत हुँदै बंगलादेश तस्करी, चितुवाको छालासहित दुई नेपाली भारतमा पक्राउ

(झापा) : पूर्वी नेपालको झापाबाट भारत हुँदै तेस्रो मुलुक बंगलादेशतर्फ नेपालका वन्यजन्तुको तस्करी हुने घटना सार्वजनिक भएको छ। झापाको काँकडभिट्टा

आज माघे (मकर) सङ्क्रान्ति,माई मेलामा भक्तजनको घुइचो

पवित्र नदी एवं त्रिवेणीमा स्नान, जप, तप, ध्यान र दान गरी घ्यू, चाकु, तरुल एवं खिचडी खाई माघे ९मकर० सङ्क्रान्ति पर्व आज देशभर मनाइँदैछ । सूर्य धनु राशिबाट

फाल्गुनन्द गोल्डकप : आर्मीलाई हराउँदै झापा–११ ले चुम्यो उपाधि

पाँचथर – पाँचथरको फिदिममा सम्पन्न १० औँ संस्करणको फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधि झापा–११ ले जितेको छ । फिदिम माविको खेल मैदानमा