विराटनगरमा सूचना प्रविधि मेला सकियो, दुई करोडको कारोबार

मोरङ – विराटनगरमा ५ दिनदेखि जारी प्रविधिसम्बन्धी महामेला क्यान इन्फोटेक  सोमबार साँझ सकिएको छ ।  मेलामा सूचना प्रविधिसम्बन्धी महत्वपूर्ण जानकारी उपलब्ध गराउनुका साथै प्रविधिसम्बन्धी पछिल्ला आविष्कार प्रदर्शन गर्न सफल भएको आयोजकले जनाएको छ ।

दुई करोड रुपैयाँको कारोबार गर्दै मेला सकिएको मोरङ क्यान इन्फोटेकका अध्यक्ष राजन यादवले  जानकारी दिनुभयो ।  विराटनगरको जैन भवनमा आयोजित मेलामा ५० कम्पनीका १ सय १० वटा स्टलहरु राखिएका थिए ।

मेलामा स्मार्ट सिटि,नेपाल आउटसोर्सिङ इन्डस्ट्रीको प्रोफाइल,मार्केटिङ गर्ने वेबसाइट सञ्चालन, इन्टरनेट कनेक्टिभिटी र ब्यान्डविथमा कवलोकनकर्ताको बढी चासो देखिएको अध्यक्ष यादवले बताउनुभयाे ।

मोबाइल, र इन्टरनेट पहुँचको कार्यक्रम विद्युतीय कारोबार थालनी क्यासलेस कल्चर, आईसीटी शिक्षा र छात्रवृत्तिले महोत्सवलाई  थप प्रभावकारी बनाएको समेत उहाँले बताउनुभयो । नेपाल क्यान इन्फोटेकका  दीपेश पाठक र ठाकुरकुमार श्रेष्ठले अब आउने दिनमा सूचना प्रविधिको पहुँच गाउँगाउँसम्म पुग्ने बताए ।

मेलामा रहेका स्टलमध्ये कृषि समूह र आर्दश प्रफूल समूह उत्कृष्ट घोषित भए । प्रविधिसम्बन्धी प्रदेशस्तरीय महामेला क्यान इन्फोटेक–२०१९ मा सर्वसाधारण र आईटीसम्बन्धी जिज्ञासुहरुको सहभागिता उत्साहजनक रहेको आयोजक समितिले जनाएको छ ।

प्रतिकृया दिनुहोस

नेपालका वन्यजन्तु भारत हुँदै बंगलादेश तस्करी, चितुवाको छालासहित दुई नेपाली भारतमा पक्राउ

(झापा) : पूर्वी नेपालको झापाबाट भारत हुँदै तेस्रो मुलुक बंगलादेशतर्फ नेपालका वन्यजन्तुको तस्करी हुने घटना सार्वजनिक भएको छ। झापाको काँकडभिट्टा

आज माघे (मकर) सङ्क्रान्ति,माई मेलामा भक्तजनको घुइचो

पवित्र नदी एवं त्रिवेणीमा स्नान, जप, तप, ध्यान र दान गरी घ्यू, चाकु, तरुल एवं खिचडी खाई माघे ९मकर० सङ्क्रान्ति पर्व आज देशभर मनाइँदैछ । सूर्य धनु राशिबाट

फाल्गुनन्द गोल्डकप : आर्मीलाई हराउँदै झापा–११ ले चुम्यो उपाधि

पाँचथर – पाँचथरको फिदिममा सम्पन्न १० औँ संस्करणको फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधि झापा–११ ले जितेको छ । फिदिम माविको खेल मैदानमा