इन्धनको मूल्य दुई रुपैयाँ घट्यो

काठमाडौँ — नेपाल आयल निगमले इन्धनको मूल्यमा दुई रुपैयाँ घटाएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्न थालेपछि बुधवार राति १२ बजेदेखि मूल्य घटाएको हो ।

‘भारतीय आयल निगम (आईओसी) ले पठाएको नयाँ मूल्य सूची अनुसार पेट्रोल, डिजेल र मट्टितेलको साबिकको खुद्रा मूल्य २ रुपैयाँको दरले घटाएका छौ,’ निगमका प्रवक्ता बिरेन्द्र गोइतले भने, ‘नयाँ मूल्य बुधवार राती १२ बजेदेखि लागू हुनेछ ।’


उनले स्वचालित मूल्य प्रणाली अनुसार पेट्रोल/डिजेल र मट्टितेलमा दुई/दुई रुपैयाँ घटाएको बताए । नयाँ मूल्य सूची अनुसार प्रतिलिटर पेट्रोलको मूल्य १ सय ८ रुपैयाँ, डिजेल र मटि्टतेल प्रतिलिटर ९५/९५ रुपैयाँ पुगेको छ ।निगमले हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखेको छ । नयाँ मूल्य अनुसार पेट्रोल, डिजेल र मटि्टतेल र हवाई इन्धनमा निगमलाई नाफा छ । एलपी ग्यासमा भने घाटा रहेको निगमको दाबी छ ।

स्वचालित मूल्य २०७१ असोजबाट लागू भएको थियो । आयल निगम अत्यधिक घाटामा गएपछि सरकारले स्वचालित मूल्य लागू गरेको थियो । स्वचालित मूल्य अनुसार भारतीय आयल निगम (आइओसी)ले १ र १५ तारिखमा नयाँ मूल्य पठाउँछ । सोही अनुसार मूल्य समायोजन गर्दे आएको निगमको दाबी छ ।

प्रतिकृया दिनुहोस

पुसमा एक खर्ब ७१ अर्ब रुपैयाँ राजश्व, बजेट खर्च ६६ अर्ब

काठमाडौं : सरकारले पछिल्लाे महिनामा एक अर्ब ७१ कराेड रुपैयाँकाे राजश्व उठाएकाे छ। सरकारी आय-व्ययकाे लेखा राख्ने महालेखा नियन्त्रककाे कार्यालयका

द्वन्द्वपीडितलाई १८ अर्ब राहत

काठमाडौं : तत्कालीन माओवादीले सञ्चालन गरेको दशवर्षे जनयुद्धको दीर्घकालीन समाधनका लागि सरकार र माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष भयो।

बजेटपछि मागिएको ५४ अर्ब, यी हुन् खर्च गर्न देखाइएका क्षेत्र, ठेकदारलाई पुरस्कार दिन डेढ करोड, प्रधानमन्त्रीको सुरक्षा सामग्रीमा अढाइ करोड

काठमाडौं : चालु आर्थिक वर्षमो पहिलो चार महिनामा सरकारले आठ प्रतिशत पनि पुँजीगत खर्च गर्न सकेको छैन। सरकारले जेठ १५ मा बजेट सार्वजनिक गरी साउन १ गतेबाट