टोटनह्यामकाे अप्रत्यासित हार, लेस्टर पनि पराजित

पुस १५, २०७५ टोटनह्याम हस्टपुरलाई इंग्लिस प्रिमियर लिग उपाधिहोडमा गम्भीर धक्का लागेको छ। शनिबार भएको खेलमा टोटनह्याम अन्तिम १८ मिनेटमा वेल्भेससँग ३ गोल खान पुगेपछि ३–१ ले स्तब्ध भयो। शीर्ष स्थानको लिभरपुलसँग अंक दुरी केहि समयका लागि भएपनि ३ अंकमा सिमित गर्ने ध्याउनमा रहेको टोटनह्याम सुरुवाती अग्रता बनाएरपनि पराजित भयो। पहिलो हाफको २२ औं मिनेटमा हेरी केनको गोलमार्फत अग्रता लिएपनि दोस्रो हाफको अन्तिम समय टोटनह्यामका लागि पिडादायक रह्यो। टोटनह्यामका लागि बोले, जिमेन्जा र हेल्डरले क्रमश ७२, ८३ र ८७ मिनेटमा गोल गरेका थिए। टोटनह्यामले २० खेलबाट ४५ अंक बनाएको छ। त्यस्तै प्रिमियर लिग अन्तर्गतनै भएको खेलमा लेस्टरलाई कार्डिफ सिटीले पराजित गर्‍याे। कार्डिफले खेलको अन्तिम मिनेटमा गरेको एकमात्र गोल लेस्टरलाई हराउन पर्याप्त बन्यो। लिगमा लेस्टर सिटी २८ अंकका साथ आठौं स्थानमा रहेको छ। 
 

प्रतिकृया दिनुहोस

फाल्गुनन्द गोल्डकप : दार्जिलिङकाे रोयल एफसीलाई हराउँदै आर्मी फाइनल प्रवेश

पाँचथर - पाँचथरको फिदिममा जारी फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा भारतको रोयल एफसी क्लब दार्जिलिङलाई २–१ गोल अन्तरले पराजित गर्दै

मोउरिन्होलाई प्रशिक्षक पद बचाउने अन्तिम मौका

इंग्लिस प्रिमियर लिगमा एक साता पछि फेस्टिभ सिजन सुरु हुँदैछ । क्रिसमस त्यसपछि नयाँ वर्षका कारण लिग केही साताका लागि रोकिनेछ । यो बीचमा प्रिमियर लिग

भावुक हुँदै गौतम गम्भीरले गरे क्रिकेटबाट सन्यासको घोषणा, भिडियो

भारतीय क्रिकेटर गौतम गम्भीरले क्रिकेटका सबै संस्करणका खेलबाट सन्यास लिएका छन्। उनी पछिल्लो दुई वर्षयता भारतको राष्ट्रिय टिमबाहिर थिए। यसैबिच