जेलबाट रिहा भएका मेयर हेलिकप्टर चार्टर गरेर गृहनगर, खुशियालीमा एक दिन सार्वजनिक बिदा

काठमाडौं – रौतहटको कटहरिया नगरपालिकाका प्रमुख सियारामप्रसाद कुशवाहालाई कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहितको जन्मकैदको सजायमा सर्वोच्च अदालतले शुक्रबार सफाइ दियो । 

न्यायाधीश शारदाप्रसाद घिमिरे र डम्बरबहादुर शाहीको संयुक्त इजलासले हिन्दू युवा सङ्घका तत्कालीन केन्द्रीय अध्यक्ष काशीनाथ तिवारीको हत्या अभियोगमा जन्मकैदको सजाय पाएका उहाँलाई शुक्रबार सफाइ दिएको हो ।

शुक्रबार सर्वोच्च अदालतबाट सफाइ पाएका मेयर कुशवाहा शनिबार काठमाडौंबाटै हेलिकप्टर चार्टर गरेरै कटहरिया पुग्नुभयो । कटहरियाको जनता उच्च माध्यमिक विद्यालयको प्रांगणमा उहाँको हेलिकप्टर उतारिएको थियो । उहाँलाई स्वागत गर्न सयौँ सर्वसाधारणको भिड लागेको थियो । 

रिहा भएको खुशियालीमा सार्वजनिक बिदा

त्यस्तै कटहरिया नगरपालिकाले शनिबार एउटा सूचना प्रकाशित गर्दै मेयरले सफाइ पाएको खुशियालीमा आइतबार नगरपालिका मातहतका सम्पूर्ण कार्यालयहरुमा सार्वजनिक बिदा दिइएको जनाएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयप्रसाद देवकोटाद्वारा जारी सूचनामा भनिएको छ, ‘कटहरिया नगरपालिकाका सच्चा अभिभावक नगर प्रमुख सियाराम प्रसाद कुशवाहाज्यू सम्मानित सर्वोच्च अदालतको मिति २०७५–०९–१३ गतेको फैसलाबाट सफाइ पाई निर्दोष सावित हुनुभएको खुशियालीमा २०७५–०९–१३ गते आइतबार एक दिन नगर कार्यपालिकाको कार्यालय मातहतका सबै वडा कार्यालयहरु र नगरपालिकाभित्र पर्ने सम्पूर्ण विद्यालयहरुमा बिदा दिने व्यहोरा यस कार्यालयको २०७५–०९–१४ को प्रमुख स्तरीय निर्णय भएको छ ।’

कुशवाहालाई उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जले तिवारीको हत्याको अभियोगमा जन्मकैदको फैसला सुनाएको थियो । कुशवाहालाई  वीरगञ्ज कारागारमा राखिएको थियो ।  तिवारीको २०६७ असार १२ गते साँझ वीरगञ्जको अशोकवाटिकास्थित शिव पार्वती मन्दिर परिसरमा गोली हानी हत्या गरिएको थियो ।

कुशवाहा तत्कालीन नेकपा माओवादी केन्द्रबाट मेयरमा निर्वाचित हुनुभएको थियो ।

प्रतिकृया दिनुहोस

बाइडबडी विमान प्रकरणमा देउवाकाे संलग्नताबारे छानबिन गर : कांग्रेस नेता पाैडेल

काठमाण्डाै - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बाइडबडी विमान खरिद प्रकरणमा संलग्न रहे/नरहेको बारे छानबिन गर्न वरिष्ठ नेता रामचन्द्र

जिल्ला भ्रमणमा मन्त्रीले सके अढाइ करोड, हवाई यात्रा गर्दा पनि बझ्छन् इन्धन

पुस २६, २०७५ काठमाडौं : प्रधानमन्त्री केपी शर्मालीले नियुक्तिकै दिनदेखि  मितव्ययी बन्न र भ्रष्टाचार नगर्न आफ्ना मन्त्रलीलाई झकझक्यारहेका छन्। तर

अष्ट्रेलियाका लागि नेपाली राजदूत शेर्पा बर्खास्त

अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई सरकारले बर्खास्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शेर्पालाई हटाउने निर्णय गरेको हो।