सिजीलाई मोबाइल सेवा सञ्चालन गर्न अनुमति दिन सर्वोच्चको अन्तरिम आदेश

unn.prixa.net

काठमाडाैं – सर्वोच्च अदालतले सिजी कम्युनिकेसन प्रालिलाई मोबाइल सेवा सञ्चालनका लागि अनुमति दिन अन्तरिम आदेश जारी गरेको छ । 

न्यायाधीश दीपकराज जोशीको एकल इजलासले बिहीबार याे कम्पनीलार्ई मोबाइल सेवा सञ्चालनका लागि अनुमति प्रदान गर्न नेपाल दूरसञ्चार प्राधिकरणका नाममा अन्तरिम आदेश जारी गरेको हो । 

'आधारभूत टेलिफोन सेवा सञ्चालन गर्ने अनुमतिप्राप्त गरेको देखिँदा उक्त अनुमतिपत्र कार्यान्वयन गर्न आवश्यकपर्ने कुनै पनि कार्य गर्न नरोक्नु, रोक्न नलगाउनु तथा निजलाई कुनै बाधा र अवरोध नगर्नु, नगराउनु', आदेशमा भनिएको छ । 

त्यसैगरी आदेशमा अनुमतिपत्र कार्यान्वयन गर्न आवश्यकपर्ने खरीद, जडान तथा सो सम्बन्धमा आवश्यकपर्ने थप लगानीका लागि निवेदक (सिजी टेलिकम)लाई आवश्यकताअनुसार अनुमति दिनु दिलाउनुसमेत भनिएको छ । 

आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र सञ्चालनमा ल्याउन आवश्यकपर्ने अन्य सेवाप्रदायकसरह समान हक स्थापित गर्नसमेत आवश्यक फ्रिक्वेन्सी वितरण गर्नसमेत अदालतले आदेशमा उल्लेख गरेको छ । 

नेपाल दूरसञ्चार प्राधिकरणले सिजी टेलिकमलाई मोबाइल सेवा सञ्चालन गर्न आवश्यक मापदण्ड पूरा नभएको उल्लेख गर्दै सेवा सञ्चालन गर्ने अनुमति दिएको थिएन । 

प्रतिकृया दिनुहोस

चिनियाँ रोबोटिक अन्तरिक्ष यान सफलतापूर्वक अवतरण

काठमाडौं : चीनले चन्द्रमाको यसअघि अध्ययन नगरिएको क्षेत्रमा सफलतापूर्वक रोबोटिक अन्तरिक्ष यान अवतरण गरेको जनाएको छ । उक्त मानवरहित चाँग इ–४ नामक

एप्पललाई ठूलो झट्का, एकैदिन गुमायो ७५ अर्ब अमेरिकी डलर

विश्वकै ठूला कम्पनीमा समावेश अमेरिकी कम्पनी एप्पलको शेयरमा बिहीबार भारी गिरावट आएको छ । एकै दिनमा कम्पनीले ७५ अर्ब अमेरिकी डलर गुमाएको छ

सरकारले गर्‍याे २१ हजारभन्दा बढी ‘पोर्न साइट’ बन्द

सरकारले यौनजन्य अश्लील सामग्री राख्ने २१ हजारभन्दा बढी वेबसाइट(पोर्न साइट) बन्द गरेको छ ।  सरकारले बलात्कार तथा यौनजन्य हिंसाका घटनालाई कम गर्ने