मोउरिन्होलाई प्रशिक्षक पद बचाउने अन्तिम मौका

इंग्लिस प्रिमियर लिगमा एक साता पछि फेस्टिभ सिजन सुरु हुँदैछ । क्रिसमस त्यसपछि नयाँ वर्षका कारण लिग केही साताका लागि रोकिनेछ । यो बीचमा प्रिमियर लिग क्लव म्यानेचेस्टर युनाइटेडका प्रशिक्षक जोजे मोउरिन्होलाई भने आफ्नो प्रशिक्षक पद बचाउने अन्तिम मौका हुनेछ ।

आइतबार लिभरपुल विरुद्धको खेलमा हार ब्यहोरेपछि म्यानचेस्टर युनाइटेडका मालिक माउरिन्होलाई बर्खास्त गर्ने मनस्थितिमा पुगेका छन् । प्रिमियर लिगमा २८ बर्षयताकै खराब प्रदर्शन गरेको म्यानचेस्टर युनाइटेडका प्रशिक्षक मोउरिन्होलाई यो समय आफ्नो जागिर बचाउने अन्तिम मौका हुनेछ । यो बीचमा म्यानचेस्टर युनाइटेडले तुलनात्मक रुपमा कमजोर टिमसँग खेल्दैछ । यदि माउरिन्होले यी खेलहरुमा पनि सतप्रतिशत नजिता ननिकालेमा प्रिमियर लिगमा बर्खास्त हुने अर्का प्रशिक्षक बन्ने निश्चित छ ।

युनाइटेडको प्रशिक्षकका लागि जिनेदिन जिदान र माउरिसिया पोचिटीनो यसअघि देखिनै अनुबन्ध हुन तयार रहेको बताइएको छ । त्यो अगाडि उनलाई बर्खास्त गरेमा सहायक प्रशिक्षक माइकल कारिक पनि अन्तरीम प्रशिक्षकका लागि उपयुक्त ब्यक्तिका रुपमा हेरिएको छ ।

च्याम्पियन्स लिगमा युनाइटेडले प्रिक्वाटरफाइनलमा पेरीस सेन्ट जर्मेनसँग खेल्नेछ । 

प्रतिकृया दिनुहोस

फाल्गुनन्द गोल्डकप : दार्जिलिङकाे रोयल एफसीलाई हराउँदै आर्मी फाइनल प्रवेश

पाँचथर - पाँचथरको फिदिममा जारी फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा भारतको रोयल एफसी क्लब दार्जिलिङलाई २–१ गोल अन्तरले पराजित गर्दै

टोटनह्यामकाे अप्रत्यासित हार, लेस्टर पनि पराजित

पुस १५, २०७५ टोटनह्याम हस्टपुरलाई इंग्लिस प्रिमियर लिग उपाधिहोडमा गम्भीर धक्का लागेको छ। शनिबार भएको खेलमा टोटनह्याम अन्तिम १८ मिनेटमा वेल्भेससँग ३

भावुक हुँदै गौतम गम्भीरले गरे क्रिकेटबाट सन्यासको घोषणा, भिडियो

भारतीय क्रिकेटर गौतम गम्भीरले क्रिकेटका सबै संस्करणका खेलबाट सन्यास लिएका छन्। उनी पछिल्लो दुई वर्षयता भारतको राष्ट्रिय टिमबाहिर थिए। यसैबिच