राष्ट्रपतिलाई डेढ अर्बको हेलिकोप्टर

काठमाडौं : सरकारले १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी रकम खर्च गरेर राष्ट्रपति विद्यादेवी भण्डारीका लागि हेलिकप्टर खरिद गरेको छ। मन्त्रीपरिषद् बैठकबाट स्वीकृत गराएर

नेपाली सेनाले राष्ट्रपतिका लागि मात्रै प्रयोग हुने गरी करिब डेढ अर्ब रुपैयाँमा इटालीमा निर्मित १४ सिट क्षमताको हेलिकप्टर खरिद गरेको हो भन्ने खबर काराेबार दैनिकमा छ।

सेरेमोनियल राष्ट्रपति क्रमशः सुविधाभोगी बन्दै गएको आरोप लागिरहेको बेला सरकारले उनलाई थप विवादमा तान्नेगरी २४ सै घण्टा स्ट्याण्डबाइ रहनेगरी महंगो हेलिकप्टर खरिद

गरेको हो। यो हेलिकप्टर केही समय त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमै रहनेछ। शितलनिवाससँगै जोडिएको प्रहरी प्रतिष्ठान हटाएर त्यहाँ हेलिप्याड निर्माण भएपछि हेलिकप्टर

त्यहाँ लैजाने तयारी छ। राष्ट्रपतिका लागि सरकारले मन्त्रिपरिषद बैठकबाट निर्णय गराएर १४ करोड रुपैयाँका महँगा गाडीहरु किन्ने निर्णय गरेको थियो।  केही  साताअघि

नै हेलिकोप्टर नेपाल आइसकेपनि खरिद शर्त/ सम्झौताअनुसार कागजात बुझ्ने क्रममा भएका कारण हेलिकोप्टर हस्तान्तरण प्रक्रिया भने पूरा भइनसकेको सेनाले जनाएको छ। 
 

प्रतिकृया दिनुहोस

प्रयागराज कुम्भ मेला : ४९ दिन, १२ करोड भक्तजन

विश्वकै ठूलो मानिने कुम्भ मेला भारतको उत्तर प्रदेशको प्रयागराजमा मंगलबारबाट सुरु भएको छ ।  ४९ दिनसम्म चल्ने यो मेलाको समापन मार्च ४ मा हुनेछ भने

देशभर मौसममा बदली, पहाडी भूभागमा पानी पर्ने सम्भावना

काठमाडौं – शुक्रबार काठमाडौंउपत्यकासहित देशभरको मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावले देशभरी कै

नेपालीको आत्मसम्मानको श्रेय पृथ्वीनारायण शाहलाईः प्रधानमन्त्री ओली

काठमाडौं, २७ पुस , प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीले पाएको स्वतन्त्र, सार्वभौम राष्ट्रको गौरवशाली नागरिकको आत्मसम्मानको श्रेय पृथ्वीनारायण