नारायण गोपालको २८ औं स्मृति दिवस

स्वर सम्राट नारायण गोपालको २८ औं स्मृति दिवस हिजो विभिन्न कार्यक्रम गरी मनाइएको छ । वि सं १९९६ सालमा काठमाडौंको किलागलमा जन्मिनुभएका नारायण गोपालको

२०४७ साल मंसिर १९ गतेका दिन निधन भएको थियो । स्वर सम्राटको उपाधि पाउनुभएका नारायण गोपालले विक्रम सम्वत् २०२० सालमा रेडियो नेपालबाट माणिकरत्न स्थापित र

प्रेमध्वज प्रधानको संगीतमा गीत गाएर स्वर परीक्षा पास गर्नुभए पछि गायन यात्रालाई निरन्तरता दिनुभयो । उहाँले आफ्नो गायन यात्रामा एक सय ३६ भन्दा धेरै गीत गाउनुभएको

छ । नारायण गोपालले आधुनिक मात्र नभएर डेढ दर्जन जति नेपाली चलचित्रका गीतमा पनि आवाज दिनुभएको छ ।  नेपाली सांगितिक क्षेत्रमा अतुलनीय योगदान दिनुभएका स्वर

सम्राट नारायण गोपालको स्मृतिमा हिजो काठमाडौंलगायत देशभर विभिन्न कार्यक्रमको आयोजना थियो । सोही अवसरमा हिजो काठमाडौमा वरिष्ठ संगीतकार कर्म योञ्जन,

वरिष्ठ अभिनेता नीर शाह, गीतकार दिनेश अधिकारी, राजेन्द्र रिजाल, वरिष्ठ चिकित्सक डा. दीर्घ्सिंह बम र अर्थशाष्त्री विश्वम्भर प्याकुरेललाई ‘नारायणगोपाल स्मृति सम्मान’

प्रदान गरिएको छ । 

त्यस्तै, झापाको विर्ताबजारमा पनि नारायण गोपालको २८ औ स्मृति दिवस हिजो एक कार्यक्रमका विच सम्पन्न गरिएको छ । नारायण गोपाल स्मृति प्रतिष्ठान विर्तामोडले

आयोजना गरेको कार्यक्रममा प्रमुख अथिति बरिष्ठ संगीतकार दिपक जंगमले नारायण गोपालको जिवनीका बारे बोल्नु भएको थियो । प्रतिष्ठानका अध्यक्ष मोहन शिवाकोटीको

अध्यक्षतामा सम्मन्न भएको उक्त कार्यक्रममा गायक अनिल फागो, गायक कुवेर राई, करण मुखिया, पासाङ डोल्मा शेर्पा, बाल कलाकार द्धय झापाका प्रतिक ढकाल र इलामका

आयुश घिमिरे द्धारा नारायण गोपालको सम्झनामा २ दर्जन भन्दा बढी गितहरु प्रस्तुत गरिएको थियो । १७ लाख भन्दा बढीको अक्षय कोष स्थापना भइसकेको प्रतिष्ठानमा

अक्षयकोषका दाताहरुलाई प्रसंसापत्र द्धारा सम्मान गरिएको थियो । कार्यक्रममा २ जना मृगौला पिडितहरुलाई विभिन्न दाताहरुले जनही १०÷१० हजार नगद सहयोग गरिएको

उपलब्ध गराएका थिए । प्रतिष्ठानले हरेक बर्ष आयोजना गर्ने कार्यक्रम मोहन शिवाकोटी र रुद्र सिटौलाको सञ्चालन विरात ज्योति विद्यालयमा भएको थियो ।

प्रतिकृया दिनुहोस

पशुपतिलगायत शिवालयमा छरियो शतबीज

  मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन आज बिहानै हिजोदेखि देशभरका शिवालयमा रातभर महादीप बाली बसेका भक्तजनले नदीमा स्नान गरी शतबीज छरेका छन् । बाला

हल्दिबारीमा देखियो यस्तो जातीय सांस्कृतिक झाँकी(video)

हल्दिबारीमा देखियो यस्तो जातीय सांस्कृतिक

निर्मालाका हत्यालाई कारबार्हीको माग गर्दै बिर्तामोडमा प्रर्दशन

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारालाई कारवाहीको माग गर्दै आइतबार झापा सहित देशभर प्रर्दशन भएको छ । निर्मला हत्याका हत्यारालाई