भावुक हुँदै गौतम गम्भीरले गरे क्रिकेटबाट सन्यासको घोषणा, भिडियो

भारतीय क्रिकेटर गौतम गम्भीरले क्रिकेटका सबै संस्करणका खेलबाट सन्यास लिएका छन्। उनी पछिल्लो दुई वर्षयता भारतको राष्ट्रिय टिमबाहिर थिए। यसैबिच मंगलबार गौतम

गम्भीरले सामाजिक संजाल फेसबुकमा एक भिडियो राख्दै सबै किसिमका क्रिकेट खेलबाट सन्यास लिएको जानकारी दिएका हुन्। गम्भीरले सन्यासको सन्देशमा लेखेका छन्,

‘सबैभन्दा मुस्किल फैसला मन भारी बनाएरै लिइन्छन्। यस्तै भावुक अवस्थामा मैले यो फैसला लिएको छु, जसलाई लिएर जिन्दगीभर डर लागेको थियो।’ देब्रेहाते ब्याट्सम्यान

गौतम गम्भीरले लामो समयसम्म भारतका लागि टेस्ट, वानडे र टी-२० मा उत्कृष्ट खेलेका थिए। उनले सन् २०११ को विश्वकप भारतले जित्दा फाइनलमा सबैभन्दा बढी ९७ रन

बनाएका थिए। गौतम गम्भीर ३७ वर्षका भएका छन्। उनले सन् २००३ मा बंगलादेश विरुद्ध भारतका लागि पहिलो अन्तर्राष्ट्रिय खेल खेलेका थिए। उनले ५८ टेस्ट खेलेका थिए।

त्यस्तै खेल जीवनमा १४७ वानडे खेले भने ३७ अन्तर्राष्ट्रिय टी-२० खेलेका थिए। उनी आईपीएलमा कप्तान रहेको बेला कोलकाता नाइट राइडर्स दुई पटक च्याम्पियन बनेको थियो।
 

                               

प्रतिकृया दिनुहोस

मोउरिन्होलाई प्रशिक्षक पद बचाउने अन्तिम मौका

इंग्लिस प्रिमियर लिगमा एक साता पछि फेस्टिभ सिजन सुरु हुँदैछ । क्रिसमस त्यसपछि नयाँ वर्षका कारण लिग केही साताका लागि रोकिनेछ । यो बीचमा प्रिमियर लिग

पाकिस्तानी क्रिकेट टिमले प्रशिक्षक पाएन

केही समयदेखि पाकिस्तानले स्थायी  क्रिकेट प्रशिक्षक पाउन सकेको छैन् ।  जसका कारण आसन्न एसीसी इमर्जिङ कपका लागि ४ वर्षअघि म्याच फिक्सिङका कारण

पोखरामा थपियो नयाँ साहसिक खेल, 'एयर बेलुन'

मंसिर २, २०७५ चिप्लेढुंगा : पोखरामा पर्यटनमा साहसिक खेल 'एयर बेलुन' पनि थपिएको छ। साहसिक खेलको रूपमा समेत प्रसिद्ध पाएको पोखरामा प्याराग्लाइडिङदेखि