निर्मालाका हत्यालाई कारबार्हीको माग गर्दै बिर्तामोडमा प्रर्दशन

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारालाई कारवाहीको माग गर्दै आइतबार झापा सहित देशभर प्रर्दशन भएको छ ।

निर्मला हत्याका हत्यारालाई सरकारले पक्राउ गर्न नसकेको बिरोधमा नेपाल कम्युनिष्ट पार्टी (विपल्व) ले प्रर्दशन गरेको हो । देशभर बिरोध प्रदर्शन गर्दै निर्मलाको हत्यारा पत्ता लगाई कारबाही गर्न सरकारसंँग माग गरेको नेपाल कम्युनिष्ट पार्टी (विपल्व) का झापा सेक्रेटरी सुमनसिंह पौडेलले जानकारी दिए ।

हत्या, हिंसा र बलत्कारका घटनाहरु बढ्दै जाँदा महिलाहरु असुरक्षित बन्दै गएको भन्दै उनले सरकारकै संरक्षमा बलात्कार लगायतका आपराधिक गतिविधि बढिरहेको आरोप लगाए ।

सरकारले हत्या, हिंसा र बलात्कारीलाई पक्राउ गर्नुको सट्टा अपराधीलाई संरक्षण गरेको आरोप पौडेलले सरकारकै संलग्नतामा निर्मलाका हत्यारालाई संरक्षण गरिएको दावी गरे ।

दुई तिहाईको शक्तिशाली ओली सरकार सामान्य हत्यारा, बलात्कारीलाई पक्राउ गर्न नसक्दा कमजोर र विवादित बन्दै गएको भन्दै विपल्व माओवादीको भरोसा गर्न उनले आग्रह समेत गरे । महिलाहरु ढुक्कसंग डिडडुल गर्न सक्ने अवस्था नहुंदा असुरक्षित महसुस गरेको भन्दै पौडेलले यत्रो समयसम्म हत्यारा पत्ता लगाउन नसक्ने प्रहरीको काम नभएको उल्लेख गरे ।

निर्मलाको हत्यारालाई छिटोभन्दा छिटो पक्राउ गरी कारवाही नभए आफुहरुले बलात्कारीलाई सडकमा ल्याउने चेतावनी दिएका छन् । हत्या, हिंसा र बलात्कार हुंदा पनि महिलाहरुले न्याय नपाएको बताउंदै उनले न्याय दिन नसके सरकारले नैतिकताको आधारमा राजीनामा दिनुपर्नेमा जोड दिए ।

बिर्तामोड स्थित पश्चिम बस स्टेण्डबाट निकालिएको बिरोध ¥याली बजार परिक्रमापछि इलाम स्टेण्डमा पुगेर कोणसभामा परिणत  गरिएको थियो । रयालीमा विद्यार्थीहरुको पनि सहभागिता रहेको थियो । सभालाई प्रविन मिश्रले सम्बोधन पनि सम्बोधन गरेका थिए ।

प्रतिकृया दिनुहोस

पशुपतिलगायत शिवालयमा छरियो शतबीज

  मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन आज बिहानै हिजोदेखि देशभरका शिवालयमा रातभर महादीप बाली बसेका भक्तजनले नदीमा स्नान गरी शतबीज छरेका छन् । बाला

नारायण गोपालको २८ औं स्मृति दिवस

स्वर सम्राट नारायण गोपालको २८ औं स्मृति दिवस हिजो विभिन्न कार्यक्रम गरी मनाइएको छ । वि सं १९९६ सालमा काठमाडौंको किलागलमा जन्मिनुभएका नारायण

हल्दिबारीमा देखियो यस्तो जातीय सांस्कृतिक झाँकी(video)

हल्दिबारीमा देखियो यस्तो जातीय सांस्कृतिक