चितुवाकाे अाक्रमणबाट बालककाे मृत्यु

तनहुँ – चितुवाकाे अाक्रमणबाट तनहुँमा शनिबार साँझ एक बालककाे ज्यान गएकाे छ । भानु नगरपालिका – २  ढलेकाे बरमा चितुवाले अाक्रमण गर्दा १०  वर्षीय बालक अमृत गुरूङकाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएकाे छ । 

साँझ ७ बजेतिर बेलुकीकाे खाना खाएर  हात चुठ्ने क्रममा चितुवाले बालकमाथि अाक्रमण गरेकाे अमृतका बुबा माईला गुरूङले बताउनुभयाे ।बालककाे उपचारकाे क्रममा डुम्रेमा रहेकाे लक्ष्मी अस्पतालमा ज्यान गएकाे हाे ।

यसअघि पनि भानु नगरपालिकामा चितुवाकाे अाक्रमणबाट २ बालबालिकाले ज्यान गुमाइसकेका छन् । गएकाे कार्तिक २९ गते भानु नगरपालिका– ४ की ४ वर्षीय रन्जिता लम्सालकाे चितुवाकाे अाक्रमणबाट ज्यान गएकाे थियाे । त्यस पश्चात् सुरक्षाकर्मीले चितुवाकाे खाेजी गरे पनि फेला नपरेपछि छाेडेकाे थियाे ।

प्रतिकृया दिनुहोस

भारतमा मोटरसाइकल दुर्घटनामा एक नेपालीको मृत्यु

भारतमा मोटरसाइकल दुर्घटनामा एक नेपालीको मृत्यु भएको छ । त्यस्तै एक नेपाली घाइते भएका छन् ।  दक्षिण भारत तामिलनाडु राज्यको कृष्णागिरि भन्ने ठाउँमा

झापाको शिवसताक्षी अहिले राती आगलागी ३ महिनाको नानी सहित एकै परिवारका चार सदस्यको मृत्यु

दमक | झापाको शिवसताक्षी नगरपालिका वार्ड नम्बर ७ लाल्झोड़ामा एकै परिवारका चार सदस्यको घरमा अचानक लागेको आगलागीका कारण मृत्यु भएको छ | भर्खरै प्राप्त

तारा यएरकाे जहाजभित्रै यात्रुको मृत्यु

मुगु – रारा विमानस्थलबाट नेपालगञ्जका लागि उडेको तारा एयरको टुइनेटर जहाजमा एक यात्रुकाे ज्यान गएकाे छ । शनिबार दिउँसो साढे १२ बजे रारा