क्रिश्चियन परम्परा अनुसार निक र प्रियंकाको विवाह सकियो

unn.prixa.net

अभिनेत्री प्रियंका चोपडा र निक जोनसले विवाह गरिसकेका छन् । प्रियंका र निकले डिसेक्बर १ शनिबारका दिन जोधपुरको उम्मेद भवन प्यालेसमा क्रिश्चियन रितिरिवाजमा विवाह गरेका हुन् ।

विवाह पश्चात उम्मेद भवन प्यालेसमा आतिसबाजी गरिएको थियो भने राति भव्य पार्टीको आयोजना पनि गरिएको थियो ।  डिसेम्बर १ मा सम्पन्न विवाहमा प्रियंका र निकले डिजाइनर राल्फ लोरेनले डिजाइन गरेको पहिरन लगाएका थिए । क्रिश्चियन विवाहपछि डिसेम्बर २ मा यो जोडीले हिन्दु परम्परा अनुसार विवाह गर्नेछन् ।  

विवाहमा नजिकका साथीभाइ र आफन्तहरुलाई मात्रै बोलाइएको छ । विवाहका तस्बिर लिक नहुन् भन्नका लागि विवाहस्थलमा मोबाइल फोन प्रतिबन्ध गरिएको छ ।

प्रियंका र निकले सार्वजनिक गरे मेहन्दीका तस्बिर
    
क्रिश्चियन परम्परा अनुसार विवाह सम्पन्न भए पश्चात प्रियंका चोपडा र निक जोनसले विवाहका क्रममा मेहन्दी लगाएका केही तस्बिरहरु सामाजिक संजालमार्फत सार्वजनिक गरेका छन् ।

 

विवाह स्थलमै भयो झडप

प्रियंका र निकको विवाहमा गएका मिडियाकर्मी र बाउन्सरबीच झडप भएको छ । प्रियंका र निकको बिवाह गएका पत्रकारहरुको क्यामेरामा बाउन्सरले नोक्सान पुर्‍याउन खोजेपछि झडप भएको हो । त्यसपछि जोधपुरबाट प्रहरी विवाद शान्त बनाउन विवाहस्थलमा पुगेको थियो । 

प्रतिकृया दिनुहोस

अम्बानीकी छोरीको विवाह निम्तो कार्ड झन्डै पाँच लाखको!(video)

यो वर्षको विवाह पञ्चमीमा भारतीय धनाढ्य मुकेश अम्बानीकी छोरीको विवाह पनि हुँदैछ। तर ईशा अम्बानी र आनन्द पिरामलको यो जोडीको चर्चा विवाहपहिल्यै नै

ग्याष्ट्रिकबाट कसरी जोगिने?

खाद्य नलीले खाएको खानेकुरा पेटमा पुर्‍याउँछ । पेटमा प्रकृतिले एसिड निकाल्छ यो प्रकृतीजन्य कुरा हो। एसिडको आफ्नै काम हुन्छ । खानासँग भित्र गएका