८ लाख बढीको लागतमा अर्जुनधारामा आर्ट एकाडेमीको स्थापना । 

विर्तामोड १५ मंसीर । अर्जुनधारा नगरपालिकाका स्थायी बासिन्दा चिरञ्जीवी अधिकारी र विराज बास्कोटाले ८ लाख बढीको लागतमा अर्जुनधारामा आर्ट एकाडेमीको स्थापना गरेका छन् । 

सांस्कृतिक रुपान्तरणमार्फत समाज परिवर्तन गर्ने उद्देश्यले नृत्य, अभिनय र गायन सम्बन्धी प्रशिक्षण दिने उद्देश्यले अर्जुनधारा–१० स्थित कालीस्थान, कप्तानवाडी र लक्ष्मीपुरमा ॐकार एकाडेमीको स्थापना गरेका हुन् । 
 

शनिबार अर्जुनधारा–१० स्थित ॐकार आर्ट एकाडेमीको समुद्घाटन गर्दै अर्जुनधारा नगरपालिकाका मेयर तथा कार्यक्रमका प्रमुख अतिथि हरिकुमार रानाले संस्कृतिलाई हिंसाविरोधी कार्यतर्फ उन्मुख गराउनुपर्ने धारणा राख्नुभयो ।
 

कार्यक्रममा अर्जुनधारा वडा नं–१० का अध्यक्ष बलदेव गोम्देन, कालीस्थान मा.वि विद्यालय ब्यवस्थापन समिति अध्यक्ष कृष्णप्रसाद चापागाईंलगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो । 
 

विराज बास्कोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत र कार्यक्रमको औचित्यमाथि प्रकाश चिरञ्जीवी अधिकारीले पार्नुभएको थियो भने सञ्चालन पुष्प तिवारीले गर्नुभएको थियो । 
 

लोक सांस्कृतिक, जुम्बा, साल्सा लगायतका विधामा नृत्य सिकाइने सञ्चालक अधिकारीले बताए । ‘म पनि कलाकार हुँ’, सञ्चालक अधिकारीले भने, ‘नेपाली चलचित्र बिन्दास लाइफमा मूख्य कलाकारको भूमिका निर्वाह गरेको छु र मैले दर्जनौँ म्युजिक भिडियोमा समेत अभिनय गरेको छु ।  
कार्यक्रममा सुपर डान्स इन्डियाको टि.भि. राउण्डमा पुग्न सफल अर्जुनधाराकै लिसारा थापा मगर, पूर्वाञ्चल आइडल विसम आचार्य, लेट मी डान्स नेपालको फस्ट रनर अप अनिशा ओलीलगायतका कलाकारले आकर्षक प्रस्तुती प्रस्तुत गरेका थिए ।

प्रतिकृया दिनुहोस

पशुपतिलगायत शिवालयमा छरियो शतबीज

  मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन आज बिहानै हिजोदेखि देशभरका शिवालयमा रातभर महादीप बाली बसेका भक्तजनले नदीमा स्नान गरी शतबीज छरेका छन् । बाला

नारायण गोपालको २८ औं स्मृति दिवस

स्वर सम्राट नारायण गोपालको २८ औं स्मृति दिवस हिजो विभिन्न कार्यक्रम गरी मनाइएको छ । वि सं १९९६ सालमा काठमाडौंको किलागलमा जन्मिनुभएका नारायण

हल्दिबारीमा देखियो यस्तो जातीय सांस्कृतिक झाँकी(video)

हल्दिबारीमा देखियो यस्तो जातीय सांस्कृतिक