तरकारी खेतीबाट एउटै सिजनमा ६५ हजार आम्दानी: परदेशिएका श्रीमान् फर्किए

सल्यान – दार्मा गाउँपालिका–३, डाडागाउँ भल्चौरकी ममिता खत्रीले यो सिजनमा मात्रै तरकारी खेतिबाट ६५ हजार रुपैँया आम्दानी गर्नुभयो । 

दुई वर्ष अघिबाट तरकारी खेती सुरु गरेकी उहाँले यो वर्षयाममा मात्रै ६५ हजार रकम कमाउनुभएको हो । करेला, काँक्रा, साग, काउली बन्दा आदि तरकारी वेचेर उत्साहित बनेकी ममिताले साढे १ रोपनी क्षेत्रफलमा अहिले पनि तरकारी खेती गर्नुभएको छ । 

‘सबै पुरुष विदेश तथा कालापहाड जाने र हामीले घर धान्ने चलनले निर्वाहमुखी खेतीको प्रचलन थियो’ नमुना महिला कृषक समुहकी कोषाध्यक्ष ममिताले भन्नुभयो ‘अहिले त चलन फेरिएको छ, हामी १६ घरले तरकारी खेती गरिरहेका छौं, परदेश गएकाहरु पनि फर्केर तरकारी खेतीमा नै सहयोग गर्न थालेका छन् ।’ 

उनीहरुले उत्पादन गरेको तरकारी दार्मा गाउँपालिकाको फारुला, दार्माकोट, चम्फुटाकुरा, मौलाहाल्ने लगायतका स्थानिय बजारमा बिक्री हुन्छ । उत्पादित तरकारी यस पटकदेखि गाडिमा जिल्लाबाहिर पठाउने उनीहरुको योजना छ । 

नगद कमाईले परदेशका श्रीमान घर फिर्ता

अहिले नमुना महिला कृषक समुहका २८ सदस्यमध्ये १४ जनाले व्यावसायिक रुपमा तरकारी खेती थालेका छन् । समुहकी अध्यक्ष उषा केसीले भन्नुभया,े ‘मेरो श्रीमान् मलेसिया जानुभयो, अनि फेरी कालापहाड जानुभयो, तर अहिले मैले तरकारी खेती थालेदेखि फर्किनुभएको छ र मलाई सहयोग गर्नुहुन्छ ।’ 

डाँडागाउमा कुनै बेला एकजना पनि पुरुष गाउँमा नभेटिने गरेकोमा अहिले विदेश तथा कालापहाड गएकाहरु पनि बिस्तारै फर्कँदै छन् । कोषाध्यक्ष ममिता खत्रीले भन्नुभया,े ‘मेरो श्रीमान् पनि एक महिनापछि फर्कँदै हुनुहुन्छ, अब दुवैजना मिलेर थप जमिनमा तरकारी खेती गर्ने योजना छ ।’

सिंचाई कुलो बनेपछि सजिलो

डाँडागाउँमा खेती गरिरहेका १६ घरलाई सिंचाई कुलो बनेपछि तरकारी खेतीमा थप सजिलो भएको छ । सेभ द चिल्ड्रेनसँगको साझेदारीमा दलित विकास समाज सल्यानले सञ्चालन गरेको एकिकृत परियोजनाको साढे २ लाख र महिला समूहको ७० हजार श्रमदानमा यसै वर्ष सिंचाई कुलो बनेको हो । 

एकिकृत परियोजनाले महिलाहरुको समूह गठनदेखि बीउ बिजन, प्लाष्टिक टनेल, प्राविधिक सहयोग, तालिम लगायतका सहयोगसमेत उपलब्ध गराइरहेको अध्यक्ष खत्रीले बताउनुभयो । 

‘सिंचाइ कुलोले सजिलो हुँदा तरकारी खेतीमा थप हौसाएको छ,’ अध्यक्ष खत्रीले भन्नुभयो, ‘समुहका वाँकी सदस्यलाई पनि समेट्ने योजनामा छौँ । ’

बालबालिकाको कुपोषण हट्दै

महिलाहरुले तरकारी खेती गर्न थालेपछि खानपानमा समेत यसले सजिलो बनाएको समूहका सदस्यहरुको अनुभव छ । 

डेढ वर्ष अघि सन्तुलित खानेकुरा नखाँदा २ वर्षको कुपोषित बच्चाको पोषण पुर्नस्थापना केन्द्रमा उपचार गर्नुपरेको समूहकी सचिव सविता केसीले बताउनुभयो ।
‘हरेक दिन हरिया सागपातसहितको खानेकुरा भान्सामा पाक्छ,’ समूहकी सचिव केसीले भन्नुभयाे, ‘अहिले त गाउँमा कोही पनि बालबालिका कुपोषित छैनन् । विद्यालयमा पनि घरमै बनेको खाजा पठाउछौँ ।’ 

प्रतिकृया दिनुहोस

पहिलो पटक आधुनिक प्रविधिको खेती शान्तिनगरमा

झापाको बुद्धशान्तिमा आधुनिक प्रविधिको प्रयोग गरि ब्यवसायिक तरकारी खेती शुरु गरिएको छ । यो प्रविधिबाट थोरै लगानी, मेहनत कम र बढी आम्दानी लिन सकिने

उदयपुरगढीमा फैलियो खोरेत रोग, नियन्त्रणमा चुनौती

असोज २२, २०७५ उदयपुर : उदयपुरगढी गाउँपालिकामा पशुमा फैलिएको खोरेत रोगले किसानमा त्रास छाएको छ। खोरेलतले पशु मर्न र अर्कोमा सर्न थालेपछि किसानमा

भुक्तानी नपाएपछि उखु किसान आन्दोलित

सोज ११, २०७५ नवलपरासी : एक वर्ष बित्दा समेत भुक्तानी नपाएको उखु किसानहरुले आन्दोलनको चेतावनी दिएका छन्। चाडबाड नजिकिँदै जाँदा उखु बेचेको रकम चिनी मिल