एटीपी फाइनल्सकाे उपाधिका लागि जोकोभिच र भेरेभ भिड्ने

वर्षको अन्तिम टेनिस प्रतियोगिता एटीपी फाइनल्सकाे उपाधिका लागि विश्व नम्बर एक नोभाक जोकोभिच र जर्मनीका अलेक्सान्दर भेरेभ भिड्ने भएका छन् ।

लण्डनमा भएको खेलमा सर्वियन खेलाडी जोकोभिचले दक्षिण अफ्रिकाका केभिन एन्डरसनलाई कुनै मौका दिएनन् र खेल आफ्नो पक्षमा पारे । यो वर्षको सातौं फाइनल खेल्नका लागि जोकोभिचले एन्डरसनको चुनौती २–० कै सेटमा पन्छाए । जोकोभिचले दुबै सेट ६–२ र ६–२ ले जितेका थिए ।

१४ पटकका ग्राण्डस्लाम च्याम्पियन जोकोभिचले उपाधिका लागि अब जर्मनीका अलेक्सान्दर भेरेभसँग खेल्नेछन् । करियरको १००औं उपाधि जित्ने लक्ष्यका साथ यो प्रतियोगिता खेलेका फेडेररलाई भेरेभले २–० कै सेटमा हराए । फेडेररलाई पहिलो सेटमा ७–५ ले हराएका जोकोभिचले दोस्रो सेटमा ७–६ को जित निकाले ।

प्रतिकृया दिनुहोस

मोउरिन्होलाई प्रशिक्षक पद बचाउने अन्तिम मौका

इंग्लिस प्रिमियर लिगमा एक साता पछि फेस्टिभ सिजन सुरु हुँदैछ । क्रिसमस त्यसपछि नयाँ वर्षका कारण लिग केही साताका लागि रोकिनेछ । यो बीचमा प्रिमियर लिग

भावुक हुँदै गौतम गम्भीरले गरे क्रिकेटबाट सन्यासको घोषणा, भिडियो

भारतीय क्रिकेटर गौतम गम्भीरले क्रिकेटका सबै संस्करणका खेलबाट सन्यास लिएका छन्। उनी पछिल्लो दुई वर्षयता भारतको राष्ट्रिय टिमबाहिर थिए। यसैबिच

पाकिस्तानी क्रिकेट टिमले प्रशिक्षक पाएन

केही समयदेखि पाकिस्तानले स्थायी  क्रिकेट प्रशिक्षक पाउन सकेको छैन् ।  जसका कारण आसन्न एसीसी इमर्जिङ कपका लागि ४ वर्षअघि म्याच फिक्सिङका कारण