मन्त्रीबाट बर्खास्त दीर्घ साेडारी नेकपाकाे साधारण सदस्यबाटै निकालिए

काठमाडौं : सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकासमन्त्रीबाट बर्खास्त गरिएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रदेशसभा सदस्य तथा नेता दीर्घ सोडारी पार्टीबाट पनि निष्कासित भएका छन्। नेकपाको सुदूरपश्चिम कमिटीको मंगलबार साँझ बसेको बैठकले सोडारीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको हो। सुदूरपश्चिम प्रदेश इन्चार्ज भीम रावल, सहइन्चार्ज मेटमणी चौधरी, अध्यक्ष कर्ण थापा र सचिव लक्ष्मीदत्त जोशी रहेको नेकपाको प्रदेश पदाधिकारी बैठकले पार्टीमा सोडारीको आचरण र पदीय मर्यादाविरुद्ध परेका उजुरीबारे छलफल गर्दै उक्त निर्णय गरेको हो। अध्यक्ष थापाका अनुसार सोडारीले मन्त्री पदमा रहँदा पदको दुरूपयोग गरेको, आचरण राम्रो नभएको र आर्थिक चलखेलका विषयमा उजुरी परेका थिए।  अध्यक्ष थापाले थाहा खबरसँग कुरा गर्दै भने, 'उहाँको व्यक्तिगत आचरणका बारेमा पार्टीमा उजुरी परेकाले प्रदेश कमिटीको पदाधिकारी बैठकले पार्टीको साधारण सदस्यममेत नरहने गरी निस्कासन गरेको हो।' उनले थपे, 'यसमा कुनै राजनीतिक आग्रह छैन। यो उहाँको नितान्त व्यक्तिगत मामिलाका आधारमा पार्टीले गरेको निर्णय हो।' मंगलबार बिहान बसेको प्रदेश कमिटी बैठकले मन्त्री पदबाट हटाउन मुख्यमन्त्री त्रिलोचन भट्टलाई निर्देशन दिएको थियो। मंगलबार नै उनलाई हटाएर मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रदेशको सामाजिक विकासमन्त्रीमा कृष्णराज सुवेदीलाई नियुक्त गरेका छन्। मंगलबार दिउँसो मुख्यमन्त्रीले भट्टले उनलाई सपथ ग्रहण गराइ सकेका छन्। सोडारी प्रदेशसभा सदस्य भने कायम नै रहने छन्। उनी कैलाली क्षेत्र नम्बर ४ 'क' बाट प्रत्यक्ष तर्फबाट निर्वाचित भएका प्रदेशसभा सदस्य हुन् भने नवनियुक्त सामाजिक विकासमन्त्री सुवेदी सोही क्षेत्र 'ख'बाट निर्वाचित प्रदेशसभा सदस्य हुन्। 

प्रतिकृया दिनुहोस

अन्तरप्रदेश परिषद्को बैठक आज बस्दै

काठमाडौं – अन्तरप्रदेश परिषद्को बैठक आइतबार बस्दैछ । प्रदेश सरकारले अहिलेसम्म गरेका कामकारवाहीको समीक्षा तथा भोग्नुपरेका अप्ठ्याराका विषयमा

विधान मस्यौदामाथि छलफल सुस्त, महासमितिलाई असर गर्न सक्ने

काठमाडौं : नेपाली कांग्रेसको विधान मस्यौदामाथि छलफल सुस्त गतिमा अघि बढेको छ। महासमिति बैठक आउन एक साता मात्र बाँकी रहँदा पनि पार्टी केन्द्रीय

'नेपालको शान्ति प्रक्रिया विश्वमै अनुपम'

काठमाडौं - एशिया प्रशान्त सम्मेलनले नेपालको शान्ति प्रक्रिया विश्वमै अनुपम रहेको र शान्ति कायम गर्न सबैले यसको अध्ययन गर्नुपर्नेमा जोड दिएको छ