प्राकृतिक उपचार खोज्दै दाहाल

म्याग्दी — पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहालले पत्नी सीतालाई स्वदेश तथा विदेशका ठूला अस्पतालमा आधुनिक पद्धतिबाट उपचार गराए । तैपनि अपेक्षित रूपमा निको भएन । 

पछिल्लो समय सीता दोस्रो व्यक्तिको सहाराबिना हिँडडुल गर्न नसक्ने अवस्थामा छिन् । लामो समयदेखि मधुमेह, उच्च रक्तचाप तथा थाइराइड उपचार गराउँदै आएकी सीताको अवस्था थप जटिल बन्दै गएपछि अध्यक्ष दाहालले प्राकृतिक उपचारको विकल्प रोजेका छन् । यसैका लागि उनी सोमबार परिवारसहित म्याग्दीको बेनी ४ स्थित सिंगा तातोपानी पुगे । उनका साथमा छोरी गंगा तथा निजी चिकित्सक पनि छन् । यहाँको तातोपानी ग्यास्ट्रिक, हाडजोर्नी, मुटुको रक्तचाप र छाला उपचारमा प्राकृतिक अस्पताल मानिन्छ ।

दाहाल दम्पतीसँगै संघीय सरकारका गृहमन्त्री रामबहादुर थापा, श्रीमती नैनकला थापा, बहिनी रेनु मगर र ज्वाइँ प्रेम आले पनि तातोपानी कुण्डमा डुब्न आएका छन् । सिंगा तातोपानीमा डुबेर उपचार गर्न स्थानीय मात्र होइन, देशका विभिन्न ठाउँबाट बर्सेनि सयौं संख्यामा बिरामी म्याग्दी आउँछन् ।
दाहालको सचिवालयका अनुसार उनीहरूको टोली थप दुई दिन तातोपानीमा बस्ने कार्यक्रम छ । दाहालनिकटस्थ योजना आयोगका पूर्वउपाध्यक्ष मीनबहादुर श्रेष्ठले सीता दाहाललाई तातोपानीमा डुब्दा कस्तो हुन्छ, प्रतिक्रिया हेरी बसाइ तय हुने बताए ।
तातोपानी कुण्डमा पुरुष र महिला २ घण्टाको पालो लगाएर पानीमा जिउ डुबाउने गर्छन् । २ घण्टापछि बाहिर निस्केर कम्बलभित्र गुम्सिएर खलखली पसिना निकाल्नुपर्छ । तातोपानीमा डुबिसकेपछि नजिकै रहेको तातोपानीको धाराले जिउ पखाल्नुपर्छ । तातोपानीका पोखरीमा सधैं भीडभाड हुन्छ ।
व्यवस्थापन समितिले दाहाल र थापा दम्पती आएपछि सोमबार मध्यान्ह १२ बजेदेखि ३ बजेसम्मका लागि अन्य मानिसलाई प्रवेशमा रोक लगाएको थियो । खाली गराइएको कुण्डमा दाहाल नेतृत्वको विशिष्ट पाहुना टोली पसेको थियो ।सोमबार बिहान ११ बजे नेपाली सेनाको हेलिकप्टरबाट उनीहरू पारिवारिक भ्रमण भन्दै यहाँ आएका हुन् । बेनीदेखि ४ किमि माथि अथुंगे डाँडास्थित सेनाको श्रीबक्स गुल्ममा हेलिकप्टरबाट ओर्लेपछि बेनीको याक होटलमा पुगेर उनीहरूले खाना खाएका थिए । एक घण्टा कार्यकर्तासँग भेटघाटपछि १२ किमि पश्चिम म्याग्दी खोला किनारमा रहेको सिंगा तातोपानी पुगेका हुन् ।

पारिवारिक भ्रमण भनिए पनि गृहमन्त्री थापाले भने जिल्ला प्रशासन कार्यालयमा स्थापना गरिएको जिल्ला दैवीप्रकोप न्यूनीकरण युनिटको उद्घाटन गरे ।

प्रतिकृया दिनुहोस

अन्तरप्रदेश परिषद्को बैठक आज बस्दै

काठमाडौं – अन्तरप्रदेश परिषद्को बैठक आइतबार बस्दैछ । प्रदेश सरकारले अहिलेसम्म गरेका कामकारवाहीको समीक्षा तथा भोग्नुपरेका अप्ठ्याराका विषयमा

विधान मस्यौदामाथि छलफल सुस्त, महासमितिलाई असर गर्न सक्ने

काठमाडौं : नेपाली कांग्रेसको विधान मस्यौदामाथि छलफल सुस्त गतिमा अघि बढेको छ। महासमिति बैठक आउन एक साता मात्र बाँकी रहँदा पनि पार्टी केन्द्रीय

'नेपालको शान्ति प्रक्रिया विश्वमै अनुपम'

काठमाडौं - एशिया प्रशान्त सम्मेलनले नेपालको शान्ति प्रक्रिया विश्वमै अनुपम रहेको र शान्ति कायम गर्न सबैले यसको अध्ययन गर्नुपर्नेमा जोड दिएको छ