अब नयाँ नोट साट्न दशैं कुर्न नपर्ने

दशैंबाहेक अन्य चाडपर्व तथा दिवसमा पनि अब नयाँ नोट साट्न पाइने भएको छ। नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै विविध जातजाति तथा भाषाभाषीले मनाउने चाडपर्व तथा राष्ट्रिय दिवसहरुमा पनि नयाँ नोट साट्न पाइने व्यवस्था गरिएको जनाएको हो। नव वर्ष, उभौली, बुद्ध जयन्ती, गौरा पर्व, तिज, इन्द्रजात्रा, छठ, संविधान दिवस, गणतन्त्र दिवसलगायतका राष्ट्रिय चाडपर्व तथा राष्ट्रिय दिवसहरुमा पनि नयाँ नोट साट्न सक्ने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ। त्यस्तै ल्होसार, माघी, महाशिवरात्री, जितिया, इन्द्रजात्रा, फागु पूर्णिमा, घोडेजात्रा, इद, क्रिसमस, फाल्गुनन्द जयन्ती लगायतका पर्वहरुमा पनि नयाँ नोट सटही गर्न सकिनेछ। राष्ट्र बैंकले मुद्रा व्यवस्था विभाग थापाथली तथा बैंकको उपत्यका बाहिरका शाखा कार्यालयहरु विराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढी कार्यालयबाट नयाँ नोट साट्न सकिने सूचनामा उल्लेख गरेको छ। दशैंका बेला मात्रै राष्ट्र बैंकले नयाँ नोट सटहीको व्यवस्था गर्दा मानिसहरु विहानैदेखि लाइन लाग्नुपर्ने अवस्था अब अन्त्य हुने भएको छ। राष्ट्र बैंकले मैलिएका, रङ् लगाइएका र पानीले भिजेका हातले सकेसम्म नोट नछुन पनि आग्रह गरेको छ। 
 

प्रतिकृया दिनुहोस

द्वन्द्वपीडितलाई १८ अर्ब राहत

काठमाडौं : तत्कालीन माओवादीले सञ्चालन गरेको दशवर्षे जनयुद्धको दीर्घकालीन समाधनका लागि सरकार र माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष भयो।

बजेटपछि मागिएको ५४ अर्ब, यी हुन् खर्च गर्न देखाइएका क्षेत्र, ठेकदारलाई पुरस्कार दिन डेढ करोड, प्रधानमन्त्रीको सुरक्षा सामग्रीमा अढाइ करोड

काठमाडौं : चालु आर्थिक वर्षमो पहिलो चार महिनामा सरकारले आठ प्रतिशत पनि पुँजीगत खर्च गर्न सकेको छैन। सरकारले जेठ १५ मा बजेट सार्वजनिक गरी साउन १ गतेबाट

नेपालमा आइएफसीले करिब एक खर्ब लगानी गर्ने, निजी क्षेत्रसँग सहकार्यको योजना, तीन वर्षमा खर्च गरिने

अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)ले नेपालको दिगो विकासका लागि करिब एक खर्ब रुपैयाँ लगानी गर्ने जनाएको छ। शुक्रबार आइएफसीले ८०० मिलियन डलर