यो वर्ष चाँडै जाडो बढ्ने

यसपटक छिट्टै जाडो सुरु भएको छ । जुम्लाको तापक्रम माइनस ४ डिग्री सेल्सियसमा झरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले अघिल्ला वर्षहरुमा मंसिरदेखि मात्र चिसो बढ्ने गरे पनि यसपालि एक महिना अघि नै देशभर चिसो बढेको जनाएको छ । अहिले हिमाली जिल्लामा हिमपात हुन थालिसकेको छ ।

यसले गर्दा बिहान र बेलुकी चिसो हावासमेत चल्न थालेको छ । काठमाडौंको न्यूनतम तापक्रम आज ७ डिग्री सेल्सियस छ । यो यो वर्षकै कम तापक्रम हो ।

यस्तै तिहारको तीन दिन देशभरको मौसम घमाइलो हुने मौसमविद्ले अनुमान गरेका छन् । आज, भोलि र पर्सी देशभरकै मौसम सफा रहने पूर्वानुमान गरिएको छ ।
तर तीन दिनपछि भने पूर्वी पहाडी क्षेत्रका मौसम आंशिक बद्ली हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

प्रतिकृया दिनुहोस

आज हरि बोधिनी एकादशी–तुलसी विवाह

प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको विवाह र विशेष पूजा गरी मनाइने हरि बोधिनी एकादशी पर्व आज मनाइँदैछ

काठमाडौंको तापक्रम ६ डिग्री

काठमाडौं – तापक्रम घट्दै गएपछि चिसो बढ्दै छ । अाइतबार बिहानको न्युनतम तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको छ । शनिबार बिहान ६ दशमलव ३ डिग्री

राष्ट्रपतिलाई १८ करोडको गाडी

मंसिर २, २०७५ काठमाडौं : सरकारले सेनामार्फत राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘विलासी’ गाडीको सेट नै खरिद गर्ने भएको छ। औपचारिक कार्यक्रममा जाँदा