दिल खोलेर बत्ती बाल्नुस् : कुलमान

नेपाल विद्युत प्राधिकरणको रत्नपार्कस्थित केन्द्रीय कार्यालय झिलीमिली बत्तीले सिंगारिएको छ।

उज्यालोको प्रतीक दीपावलीको पूर्वसन्ध्यामा प्राधिकरणको भवन यसरी झिलीमिली पारिएको यो पहिलो पटक हो।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबै नेपालीले लक्ष्मी पूजाको साँझ दिल खोलेर बत्ती बालून् भन्ने सन्देश दिन भवन सिंगारिएको बताए।

'हामीले भवन सिंगारेका छौं, यो प्रतीकात्मक हो। तपाईंहरू पनि दिल खोलेर बत्ती बाल्नुस् भन्ने,' घिसिङले सेतोपाटीसँग भने, 'आज साँझ १२७० मेगावाट बिजुली माग हुने अपेक्षा छ, त्योभन्दा बढी भयो भने पनि हामी व्यवस्थापन गर्न सक्छौं। समस्या छैन।'

दुई वर्षअघि लक्ष्मीपूजाको साँझ काठमाडौं उपत्यकामा लोडसेडिङ भएको थिएन। पछि त्यो क्रम बढ्दै गएर अहिले देश लोडसेडिङमुक्त भइसकेको छ। यद्यपी पोहोरसम्म लक्ष्मीपूजाको दिन प्राधिकरणले सकभर कम बिजुली खपत गर्न आग्रह गर्ने गर्थ्यो।

'यसपाली हाम्रो उत्पादन बढेको छ, चोरी नियन्त्रण भएको छ, आयात पनि विश्वासनीय भएको छ तर त्यसको तुलनामा पिक आवरको लोड बढेको छैन,' घिसिङले भने, 'त्यसैले हामीलाई समस्या छैन।'

यमपञ्चक अन्तर्गत आज तेस्रो दिन गाई तिहार हो। साँझपख धनकी देवी लक्ष्मीको पूजा गरिन्छ। बिजुली नहुने ठाउँमा दीयो बाल्ने चलन छ। शहरबजारमा भने घरभरि झिलीमिली बत्तीले बाल्ने गरिन्छ।

प्रतिकृया दिनुहोस

आज हरि बोधिनी एकादशी–तुलसी विवाह

प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको विवाह र विशेष पूजा गरी मनाइने हरि बोधिनी एकादशी पर्व आज मनाइँदैछ

काठमाडौंको तापक्रम ६ डिग्री

काठमाडौं – तापक्रम घट्दै गएपछि चिसो बढ्दै छ । अाइतबार बिहानको न्युनतम तापक्रम ६ डिग्री सेल्सियस मापन गरिएको छ । शनिबार बिहान ६ दशमलव ३ डिग्री

राष्ट्रपतिलाई १८ करोडको गाडी

मंसिर २, २०७५ काठमाडौं : सरकारले सेनामार्फत राष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘विलासी’ गाडीको सेट नै खरिद गर्ने भएको छ। औपचारिक कार्यक्रममा जाँदा