बर्षा भन्छिन्-‘अहिले म खानेकुरा पनि कन्ट्रोल गरिरहेको छु ।

नायिका बर्षा राउत बिहिबार बेलुकी खुशी देखिइन् । आफू अभिनित अर्को चलचित्रले पनि ५१ दिन मनाएपछि उनी खुशी नहुने कुरै थिएन । उनी अभिनित ‘छक्का पन्जा, जात्रा र छक्का पन्जा २’ले ५१ दिनको यात्रा पुरा गरे । कुनै नायिकाका लागि यो भन्दा खुशीको कुरा अरु के हुन सक्ला र ?

तर, पनि बर्षाको मनमा एउटा कुरा भने खेलिरहेको थियो । उनी, आफू सोलो नायिकाको रुपमा प्रस्तुत भएर हिट चलचित्र दिन चाहन्छिन् । जुन, आजसम्म उनले पुरा गर्न सकेकी छैनन् ।

मिडियाको प्रश्नमा बर्षाले आफू यसैको तयारीमा लागेको सुनाइन् । उनले भनिन्-‘हो, अब चाडै नै तपाइहरु मलाई यस्तो चलचित्रमा देख्न सक्नुहुनेछ । यसैका लागि अहिले म मिहिनेत गरिरहेको छु ।’

उनी, आफ्नो तौल १० केजी घटाउन चाहन्छिन् । अहिलेसम्म, २ केजी तौल घटिसकेको छ । ८ केजी तौल घटाउन भने उनलाई कम्ता सकस परेको छैन । बर्षा भन्छिन्-‘अहिले म खानेकुरा पनि कन्ट्रोल गरिरहेको छु । बरु घरमै बस्छु । नयाँ चलचित्रका लागि तयारीमा छु ।’

प्रतिकृया दिनुहोस

सुगम पोखरेलको नयाँ गीत ‘तिमी हिँड्ने’

नेपाली चलचित्रकामा लगातार सुपरहिट गीत दिएका सुगम पोखरेल आफ्नो नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन् । चलचित्रका गीतमा जमेका सुगमको एल्बम स्वेत

स्लिम बन्दै स्वस्तिमा

‘कुटुमा कुटु’ बोलको गीतको भिडियोमा नृत्य गर्दा स्वस्तिमा खड्काको चर्चा चुलियो । स्वस्तिमा यो गीतमा नृत्य गरेर चर्चित मात्र बनिनन्, धेरैलाई फ्यान

मोडलिङमा जम्दै विशाल

रोशन भट्टराई मेचीनगर १२ कालीझोडा घर भएका विशाल गिरी गायन तथा मोडलिङको क्षेत्रमा माहिर छन् । पछिल्लो समय नयाँ नयाँ कभर भिडियो तथा गीत यूटुबमा अपलोड