डोल्पा जीप दुर्घटना अपडेट : मृतक सबैको परिचय खुल्यो

कालिकोट – डोल्पा राष्ट्रिय सडक सञ्जालमा जोडिएको खुशी साट्न नपाउँदै डोल्पाली जनतामाझ दुखद घटना घटेको छ । 

सोमबार डोल्पामा भे १ च १६१० नंम्बरको जीप दुर्घटना हुँदा १० जनाको ज्यान गएको छ । डोल्पाली जनतालाई सुविधा दिनको लागि हेलिकप्टरबाट ल्याएर सञ्चालनमा ल्याएका जीप सदरमुकाम दुनै–त्रिपुराकोट दुनै जुफाल सञ्चालित थिए । १२ जना यात्रु बोकेर त्रिपुराकोटतर्फ जाँदै गरेको जीप करिब २ बजेर ३० मिनेटमा ठूलीभेरी नगरपालिकाको वडा नम्बर ९ मा पर्ने कालागौँडा नजिकैको बतासे ओढारमा दुर्घटना भएको हो ।

दुर्घटनामा परि ७ जना पुरुष र ३ जना महिलासहित १० जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । 

मृतक सबैको सनाखत भइसकेको छ । मृत्यु हुनेमा त्रिपुरा सुन्दरी नगरपालिका –१, त्रिपुराकोट बस्ने ४५ वर्षीय हेमराज हमाल, त्यसै ठाउँकी १८ वर्षीया लक्ष्मी रोकाय, ६२ वर्षीय नरसिँह कठायत, २५ वर्षीय शेरबहादुर थापा, वडा नम्बर २ बस्ने १३ वर्षीया अस्मिता रोकाय, २४ वर्षीय कुमार रोकाय, वडा नम्बर ३ बस्ने ४५ वर्षीय बुध धराला, , वडा नम्बर ५ बस्ने १२ वर्षीय याम रोकाय, ठूलीभेरी नगरपालिका –५, बस्ने ३० वर्षीय भद्र रोकाय र ठूदीभेरी नगरपालिका –३ बस्ने अन्दाजी वर्ष १७ की मनिसा धराला रहेको जिल्ला प्रहरी कार्यालयले डोल्पाका प्रहरी नायव उपरीक्षक अभदेश बिष्टले जानकारी दिनुभयो ।

घाइते हुनेमा त्रिपुरा सुन्दरी नगरपालिका –२, बस्ने नन्द बहादुर थापा र त्यही नगरपालिका –३, बस्ने चालक दिनेश बोहोरा रहेका छन् । थापाको अवस्था सामान्य भए पनि बोहोराको अवस्था गम्भीर भएको प्रहरीले जनाएको छ ।

घाइते दुवैजनाको जिल्ला अस्पताल डोल्पामा उपचार भइरहेको प्रहरीले जनाएको छ । सबै शवहरु जिल्ला अस्पतालमा राखिएको र मंगलबार पोष्टमार्टम गरेर आफन्तलाई बुझाइने बताइएको छ ।

प्रतिकृया दिनुहोस

भ्रष्टाचार मुद्दा खेपिरहेका बौद्धका डिएसपी राईलाई धरौटीमा छोड्न आदेश

सेवाग्राहीसँग घूस लिँदालिँदै गर्दा पक्राउ परी भ्रष्टाचार मुद्दा खेपिरहेका महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी श्यामकुमार राईलाई विशेष अदालतले

धर्ना बसेका निर्मलाका आमाबुबा बिरामी

बलात्कारपश्चात हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीय निर्मला पन्तको न्यायका लागि धर्ना बसेका उनका आमाबुबा बिरामी परेका

बालिकाको बलात्कारपछि हत्याको आरोपमा ५ जना पक्राउ

उदयपुर  – १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा ५ जना युवा पक्राउ परेका छन् । उदयपुरको रौतामाई गाउँपालिका वडा नंं ३ की १२ वर्षीया