खसोग्गी हत्याबारे टर्कीको बयान : घाँटी थिचेर हत्या गरियो, शरीर टुक्राटुक्रा पारियो

unn.prixa.net

साउदी पत्रकार जमाल खसोग्गीको हत्याको बारेमा पहिलो पटक टर्कीले आधिकारीक बयान दिएको छ । पत्रकार खसोग्गीको हत्या करी भएको थियो भन्नेबारे पहिलो पटक टर्कीले जवाफ दिएको हो । 

जानकारी अनुसार पत्रकार जमाल खसोग्गी दूतावास प्रवेश गर्ने वित्तिकै उनको घाँटी थिचेर हत्या गरिएको थियो । तर यसबारे टर्कीले कुनै पनि प्रमाण भने पेश गरेको छैन ।

टर्कीले दिएको बयानका अनुसार ‘उनको हत्याको योजना पहिला नै तय भैसकेको थियो । योजना अनुरुप नै खसोग्गी साउदी अरबको वाणिज्य दूतावासमा प्रवेश गर्नेवित्तिकै घाँटी थिचेर हत्या गरियो र उनको शवलाई टुक्राटुक्रा गरी नष्ट गरियो ।

साउदी नागरिक खसोग्ग अमेरिकी सञ्चारमाध्यममा काम गर्थे । उनी साउदी अरबको शासकको कडा आलोचकको रुपमा परिचित थिए । गएको अक्टोबर २ तारिखमा खसोग्गी इस्तानबुलको साउदी दूतावास गएका थिए जहाँ उनको हत्या गरिएको थियो । साउदी सरकारले सुरुमा दूतावासभित्रको उनको हत्या अस्वीकार गरेको थियो । 

गत हप्ता खसोग्गीकी प्रेमिका हेतिस सेन्जिगले स्थानीय टिभी च्यानललाई एक अन्तर्वार्ता दिएकी थिइन् । उनले भनेकी थिइन् ‘साउदी अरबले खसोग्गीलाई मार्ने षड्यन्त्र रचेको थाहा पाएको भए उनलाई दूतावासमा जान दिदैनथेँ ।’

खासोग्गी आफ्नो विवाहका लागि केही कागजात लिनका लागि दूतावास गएका थिए ।

खसोग्गीको हत्याबारे साउदी अरबले विभिन्न किसिमका जानकारी दिँदै आएको छ । पहिले साउदी अरबले दुताबासमा उनको हत्या नभएको र उनी दूतावासबाट दाबी गरेको थियो, पछि उनको हत्या भएको स्वीकारेको थियो ।

प्रतिकृया दिनुहोस

पत्रकार खशोग्गीलाई दिएको यातना सुन्नै नसकिने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपलब्ध खशोग्गीको हत्यामा दिइएको श्रब्य सामग्रीबारे आफूले जानकारी लिएको तर उक्त सामग्री सुन्नै नसकिने रहेको

हवाई आक्रमणमा ४३ जना सिरियालीको मृत्यु

अमेरिकी नेतृत्वको गठबन्धनले पूर्वी सिरियामा चलाएको हवाई आक्रमणमा ४३ सिरियालीको ज्यान गएकाे सिरियाली मानव अधिकारवादी संगठनले जनाएको छ । सिरियन

क्यालिफोर्निया आगलागीमा एक हजार बेपत्ता, ६३ को मृत्यु (video)

अमेरिकाको क्यालिफोर्नियामा भएको आगलागीका कारण अहिलेसम्म एक हजार भन्दाबढी जनता बेपत्ता भएका छन्। आगलागीमा शनिबारसम्म ६३ जनाको मृत्यु भएको बताइएको