पुराना गाडी चढ्न नमानेपछि यी भीभीआइपीहरूका लागि करोडौँ रकम माग

काठमाडौं, १५ कात्तिक । संघीय संसद् सचिवालयले पदाधिकारी र समिति सभापतिलाई महँगा गाडी किन्न सरकारसँग करोडौं रकम मागेको छ ।

चढिरहेका गाडी पुराना भएको भन्दै उसले अर्थ मन्त्रालयमा बजेट मागको प्रस्ताव पठाएको हो । सचिवालयले वार्षिक बजेटभन्दा बाहिरबाट रकम मागी गाडी, मोटरसाइकल र कम्युटर खरिद गर्न लागेको हो । अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।

नयाँ गाडी राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सेना, उपसभामुख शिवमाया तुम्बाहाम्फे, राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहालका लागि किन्न लागेको सचिवालयले जनाएको छ ।

राष्ट्रियसभा अध्यक्ष तिमिल्सेनाका लागि १ करोड ७५ लाख, उपसभामुख र उपाध्यक्षका लागि १ करोड २५ लाख पर्ने २ वटा गाडी खरिदको प्रस्ताव अर्थ मन्त्रालयमा पठाइएको छ।

राष्ट्रियसभा अध्यक्षले प्रधानमन्त्री कार्यालयले उपलब्ध गराएको गाडी चढिरहेका छन्। प्रतिनिधिसभा, राष्ट्रियसभा र दुवै सदनका संयुक्त समिति सभापति, सत्तापक्ष र विपक्षी दलका नेता, प्रमुख सचेतक र सचेतकका लागि २० वटा स्कारपियो गाडी खरिदको प्रस्ताव सचिवालयले अर्थमा पठाएको छ।

प्रतिनिधिसभा समिति सभापतिका लागि ७० लाखका दरले २० वटा गाडी किन्ने सचिवालयको तयारी छ।

प्रतिकृया दिनुहोस

बाइडबडी विमान प्रकरणमा देउवाकाे संलग्नताबारे छानबिन गर : कांग्रेस नेता पाैडेल

काठमाण्डाै - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बाइडबडी विमान खरिद प्रकरणमा संलग्न रहे/नरहेको बारे छानबिन गर्न वरिष्ठ नेता रामचन्द्र

जिल्ला भ्रमणमा मन्त्रीले सके अढाइ करोड, हवाई यात्रा गर्दा पनि बझ्छन् इन्धन

पुस २६, २०७५ काठमाडौं : प्रधानमन्त्री केपी शर्मालीले नियुक्तिकै दिनदेखि  मितव्ययी बन्न र भ्रष्टाचार नगर्न आफ्ना मन्त्रलीलाई झकझक्यारहेका छन्। तर

अष्ट्रेलियाका लागि नेपाली राजदूत शेर्पा बर्खास्त

अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई सरकारले बर्खास्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शेर्पालाई हटाउने निर्णय गरेको हो।