चेल्सीका प्रशिक्षकलाई छ हजार पाउन्ड जरिवाना

कात्तिक १४, २०७५

इंग्लिस प्रिमियर लिगमा अपराजित रहेको चेल्सीका प्रशिक्षक मार्को लानीलाई ६ हजार पाउन्ड जरिवाना गरिएको छ। इंग्लिस फुटबल एसोसिएसनले  प्रिमियर लिगमा म्यानचेष्टर युनाईटेडविरुद्वको खेलमा भएको घटनामा उनी दोषी रहेको ठहर गरेको हो। चेल्सीको घरेलु मैदान स्टामफोर्डब्रिजमा भएको खेलमा अन्तिम समयमा चेल्सीले बराबरी गोल फर्काएपछि प्रशिक्षक लानी म्यान युको बेन्च अगाडी गएर खुसी मनाएका थिए। जसलाई म्यानयूले आफ्नो अपमानका रुपमा लिएको छ। फुटबल एसोसियसनले प्रशिक्षक लानीले गरेको अनुचित आचरणको मुल्य लिईएको एसोसिएसनले जनाएको छ। एफ एले माउरिन्होको व्यवहारलाई लिएर कुनै कारबाही गरेको छैन तर औपचारिक रुपमा उनलाई जिम्मेवारीको विषयमा सचेत गराएकाे छ। पोर्चुगिज प्रशिक्षक माउरिन्होले म्याचपछि घटनाको विषयमा लानीले माफी मागरेको बताएका थिए। घटना गत अक्टोबर २० मा स्टामफोर्डब्रिजमा भएको थियो।  सो खेलमा चेल्सीका रोस बार्कलीले खेलको अन्तिम मिनेटमा गोल गर्दै क्लबको हार टार्दै युनाईटेडको जितलाई रोकेका थिए।
 

प्रतिकृया दिनुहोस

पोखरामा थपियो नयाँ साहसिक खेल, 'एयर बेलुन'

मंसिर २, २०७५ चिप्लेढुंगा : पोखरामा पर्यटनमा साहसिक खेल 'एयर बेलुन' पनि थपिएको छ। साहसिक खेलको रूपमा समेत प्रसिद्ध पाएको पोखरामा प्याराग्लाइडिङदेखि

एटीपी फाइनल्सकाे उपाधिका लागि जोकोभिच र भेरेभ भिड्ने

वर्षको अन्तिम टेनिस प्रतियोगिता एटीपी फाइनल्सकाे उपाधिका लागि विश्व नम्बर एक नोभाक जोकोभिच र जर्मनीका अलेक्सान्दर भेरेभ भिड्ने भएका छन्

अन्तिम मिनेट रोक्न नसक्दा नेपालले बंगलादेशसँग पनि बराबरी खेल्यो, उत्कृष्ट उपविजेता हुँदै दोस्रो चरणमा

सन् २०२० मा जापानमा हुने ‘टोकियो ओलम्पिक २०२०’ महिला फुटबल अन्तर्गत एएफसीको प्रारम्भिक छनोट प्रतियोगिता अन्तर्गत समूहको अन्तिम खेलमा नेपालले