लागुऔषधसहित दुई जना पक्राउ

संखुवासभा :  प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। खाँदबारी नगरपालिका–९ तुम्लिङटार बसपार्कबाट अवैध लागुसहित  सुनसरी जिल्ला धरान उपमहानगरपालिका–१३ बस्ने बर्ष २७ का  नबिन तामाङ र खाँदवारी नगरपालिका–३  रोजेश भगत श्रेष्ठ लाई प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख श्यामसारु मगरले जानकारी दिए।   प्रहरीले उनीहरुको साथबाट अबैध लागुऔषध एभिल ४ थान,  डाईजेल्याप १२ थान र नाम नभएको १७ थान  बरामद गरेको छ। धरान उपमहानगरका नविनले खाँदबारीका राजेश भगतले मगाएकाले आफुले धरानबाट खाँदबारी लिएर आएको प्रहरीलाई बयान दिएका छन्। पक्राउ परेका नविन तामाङ र रोजेश भगत श्रेष्ठलाई जिल्ला अदालत चैनपुरको आदेशमा म्याद थपी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।
 

प्रतिकृया दिनुहोस

भ्रष्टाचार मुद्दा खेपिरहेका बौद्धका डिएसपी राईलाई धरौटीमा छोड्न आदेश

सेवाग्राहीसँग घूस लिँदालिँदै गर्दा पक्राउ परी भ्रष्टाचार मुद्दा खेपिरहेका महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी श्यामकुमार राईलाई विशेष अदालतले

धर्ना बसेका निर्मलाका आमाबुबा बिरामी

बलात्कारपश्चात हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीय निर्मला पन्तको न्यायका लागि धर्ना बसेका उनका आमाबुबा बिरामी परेका

बालिकाको बलात्कारपछि हत्याको आरोपमा ५ जना पक्राउ

उदयपुर  – १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा ५ जना युवा पक्राउ परेका छन् । उदयपुरको रौतामाई गाउँपालिका वडा नंं ३ की १२ वर्षीया