इटालीमा शक्तिशाली आँधी, ११ जनाको मृत्यु

unn.prixa.net

इटालीमा तीव्र गतिमा आएको हावा र पानीका कारण ११ जनाको ज्यान गएको छ । 

इटालीको  पश्चिम र उत्तरी क्षेत्रमा प्रतिघण्टा १ सय ८० किलोमिटरको गतिमा चलेको हावाका कारण रुखहरु ढलेका छन् । यातायात र बिजुली आपूर्ति समेत रोकिएको छ । 

भेनाइस सहर ७५ प्रतिशत डुबानमा परेको बीबीसीले जनाएको छ । त्यहाँका मौसमविद्ले अझै केहिदिन मौसम खराब हुने अनुमान गरेका छन् । 

दक्षिणी तथा मध्य यूरोपका अधिकांश क्षेत्रमा खराब मौसमका कारण पर्यटक तथा यात्रुहरू हजारौँको सङ्ख्यामा बाटोमा अलपत्र परेका सञ्चारमाध्यमले जनाएका छन् । आँधीका रूख ढलेर विभिन्न क्षेत्रमा बाटो बन्द भएपछि सवारी साधन बीचमै अलपत्र परेका थिए । 

प्रतिकृया दिनुहोस

कोमामा रहेकी महिलाले बच्चा जन्माएपछि मेडिकल प्रमुखले दिए राजीनामा

एरिजोना । अमेरिकाको एरिजोना राज्यमा रहेको एक नर्सिङ होममा कोमामा रहेकी एक महिलाले बच्चा जन्माएपछि त्यहाँका मेडिकल प्रमुखले आफ्नो पदबाट राजीनामा

राष्ट्रपति ट्रम्प र संसद्बीचको विवाद अझै टुंगिएन

वासिङटन : अमेरिकामा संसद् र राष्ट्रपति डोनाल्ड ट्रम्पबीच देखिएको विवाद साम्य हुन सकेको छैन। यसबाट ट्रम्पले अमेरिका र मेक्सिकोको सीमा क्षेत्रमा

श्रीमतीका साथ रेल चढेर चीन पुगे उत्तर कोरियाली शासक किम

पुस २४, २०७५ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको आगामी सम्मेलनबारे छलफल गर्न उत्तर कोरियाली नेता किम जोङ उन चीन पुगेका छन्। चीनका राष्ट्रपति  सि