प्रधानमन्त्रीलाई भेट्न दाहाललगायत नेताहरू शिक्षण अस्पतालमा

सोमबार बिहान अस्पताल भर्ना भएका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुगेका छन्।

केहीबेरअघि दाहालले प्रधानमन्त्रीलाई राखिएको मनमोहन कार्डियोलोजी भास्कुलर सेन्टर पुगेर उनको स्वास्थ्य अवस्था बुझेको दाहालको सचिवालयले जनाएको छ।

दुई अध्यक्षबीच कुराकानी पनि भयो। अध्यक्ष ओलीले सामान्य भाइरल भएको हो भन्नुभयो,’ दाहाललाई उद्धृत गर्दै उनको सचिवालयका बिष्णु सापकोटाले सेतोपाटीसँग भने,‘अहिले हामी पार्टी कार्यालय धुम्बाराही आइपुगेका छौं।’

यसअघि खोकी बढेपछि सोमबार बिहान सवा तीन बजे प्रधानमन्त्री ओलीलाई अस्पताल पुर्‍याइएको थियो।

अहिले अस्पताल परिसरमा नेकपा नेता/कार्यकर्ता र शुभेच्छुकको भीड लागेको छ।

नेकपा महासचिव बिष्णु पौडेल  र उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल पनि प्रधानमन्त्रीलाई भेटेर फर्किसकेका छन् भने पूर्वप्रधानमन्त्री झलनाथ खनाल र गृहमन्त्री रामबहादुर थापा अहिले अस्पताल परिसरमै छन्।

अस्पतालले बिहान ९ बजे पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे जानकारी गराउने बताएको छ।

प्रधानमन्त्री ओली केही दिन यता बिरामी परेका थिए। स्वास्थ्यका कारण उनी  शनिबार पार्टीले आयोजना गरेको चियापानमा सहभागी भएका थिएनन्। उनको स्वास्थ्य जाँच गरेका वीर अस्पतालका चिकित्सक दीलिप शर्माले प्रधानमन्त्रीलाई रूघाखोकी र ज्वरो आएको तर छातिमा संक्रमण नभएको आइतबार सेतोपाटीलाई बताएका थिए। चिकित्सकले प्रधानमन्त्री ओलीलाई तीन दिन आराम गर्न सल्लाह दिएका थिए।

 

प्रधानमन्त्री शिक्षण अस्पतालमा

केही दिनयता बिरामी परेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा झन् समस्या देखिएपछि उनी अस्पताल गएका छन्।

प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीलाई सोमबार बिहान ४ बजे महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिएको हो। अहिले उनलाई मनमोहन कार्डियोलोजीको भास्कुलर सेन्टरमा राखिएको छ।

रूघाखोकीसँगै ज्वरो आएका प्रधानमन्त्रीलाई आइतबार ज्वरो केही घटेको थियो। चिकित्सकहरूले तीन दिनसम्म आराम गर्न सल्लाह दिए पनि आइतबार प्रधानमन्त्री बालुवाटारमै भएको मन्त्रिपरिषद् बैठकमा सहभागी भएका थिए। बैठकमा भने उनी दश मिनेटमात्र बसेका थिए।

राति खोकी झन् बढेपछि उनलाई अस्पताल लगिएको स्रोतले जानकारी दियो। प्रधानमन्त्रीको स्वास्थ्यबारे उनको सचिवालयले केहीबेरमा विज्ञप्ति जारी गर्दै छ।

यसअघि प्रधानमन्त्रीको स्वास्थ्य जाँच गरेका वीर अस्पतालका डाक्टर दीलिप शर्माले प्रधानमन्त्रीलाई रूघाखोकी लागे पनि संक्रमण नभएको बताएका थिए।

प्रधानमन्त्री ओलीले ११ वर्षअघि मृर्गौला प्रत्यारोपण गरेका थिए। मृर्गौला पत्यारोपण गरेकाहरूलाई संक्रमणको सम्भावना ज्यादा हुन्छ।

प्रतिकृया दिनुहोस

नेविसङ्घको म्याद दुई महीना थपियो

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको विधान स्वीकृत गरेसँगै सङ्घको केन्द्रीय कार्यसमितिको समयावधि दुई

कांग्रेस केन्द्रीय समिति बैठक सुरु भएको पाँच मिनेटमै स्थगित

सात घण्टाको रस्साकस्सीपछि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक पाँच मिनेटमै स्थगित भएको छ। शनिबार पार्टी कार्यालय सानेपामा बस्न

मन्त्रीबाट बर्खास्त दीर्घ साेडारी नेकपाकाे साधारण सदस्यबाटै निकालिए

काठमाडौं : सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकासमन्त्रीबाट बर्खास्त गरिएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रदेशसभा सदस्य तथा