लेस्टर सिटीका मालिकको हेलिकप्टर दुर्घटनामा निधन

इंग्लिस क्लब लेस्टर सिटीका मालिक विचाई श्रीवद्धनाप्रभाको निधन भएको छ। शनिबार वेस्ट ह्याम युनाइटेडविरुद्धको खेलपछि मैदानबाटै उडेको हेलीकप्टर दुर्घटना हुँदा उनीसहित पाँच जनाको निधन भएको एजेन्सीहरुले जनाएका छन्। श्रीवद्धनाप्रभासँगै लेस्टरका थप दुई स्टाफ, पाइलट र अर्का एक यात्रीको निधन भएको पुष्टी क्लबले गरेको छ। हाल लन्डनमा बस्दै आएका थाइलेन्ड निवासी श्रीवद्धनाप्रभा थाइल्याण्डको चौथो धनी ब्यक्तिका रुपमा रहेका थिए। खेल सकिएको एक घण्टापछि मैदानको बीच भागबाट नै हेलिकप्टर उडेको थियो। तर हेलीकप्टरले किङ पावर स्टेडियम पार नगर्दै दुर्घटनामा परेको थियो । मृत्यु हुनेमा श्रीवद्धनाप्रभासहित दुई स्टाफहरु नुरसरा सुकनमाइ र कभेपोन पुनपारे रहेका छन्। त्यस्तै पाइलट इरिक स्वाफर र प्यासेन्जर इजाबेला रोजा लेचोइज रहेका छन्। दुर्घटना हुने बितिक्कै क्लबका गोलरक्षक क्यास्पर स्माइकल पनि दुर्घटनास्थल तर्फ कुदेका थिए। प्रत्यक्षदर्शीका अनुसार हेलिकप्टर एक्कासी बन्द भएर आकाशमा घुम्दै कार पार्कमा बजारिएको थियो। वरपर रहेका प्रहरीले हेलिकप्टरको सिसा फोड्न खोज्दा एक्कासी आगो लागेर पड्कदा कसैलाई बचाउन नसकिएको जनाइएको छ। मालिक विचाईले लेस्टरको स्वरुप फेर्न मुख्य भूमिका खेल्न उल्लेख्य योगदान गरेका थिए। क्लबले सन् २०१६ मा प्रिमियर लिग उपाधि जित्दा उनले प्रत्येक खेल मैदानमा आएर हेर्थे । उनले सन् २०१० क्लब किनेयता क्लबले लगातार राम्रो प्रदर्शन गरेको छ। सन् २०१४ मा प्रिमियर लिगमा उक्लिएको लेस्टरले त्यसको दुई वर्षमा नै उपाधि जितेर सनसनि मचाउन सफल भएको थियो।
 

प्रतिकृया दिनुहोस

फाल्गुनन्द गोल्डकप : दार्जिलिङकाे रोयल एफसीलाई हराउँदै आर्मी फाइनल प्रवेश

पाँचथर - पाँचथरको फिदिममा जारी फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा भारतको रोयल एफसी क्लब दार्जिलिङलाई २–१ गोल अन्तरले पराजित गर्दै

टोटनह्यामकाे अप्रत्यासित हार, लेस्टर पनि पराजित

पुस १५, २०७५ टोटनह्याम हस्टपुरलाई इंग्लिस प्रिमियर लिग उपाधिहोडमा गम्भीर धक्का लागेको छ। शनिबार भएको खेलमा टोटनह्याम अन्तिम १८ मिनेटमा वेल्भेससँग ३

मोउरिन्होलाई प्रशिक्षक पद बचाउने अन्तिम मौका

इंग्लिस प्रिमियर लिगमा एक साता पछि फेस्टिभ सिजन सुरु हुँदैछ । क्रिसमस त्यसपछि नयाँ वर्षका कारण लिग केही साताका लागि रोकिनेछ । यो बीचमा प्रिमियर लिग