बिर्तामोडको बैंकबाटै १७ लाख लुटियो

झापाको बिर्तामोडमा रहेको एनएमबी बैकबाट आज दिउसो एक व्यक्ति लुटिएका छन् ।

बैंकमा रकम जम्मा आएका ताप्लेजुङ याम्फुदिन–१ निवासी शेरबहादुर गुरुङ दिउसै लुटिएका हुन् । उनको १६ लाख ९९ हजार रुपैयाँ लुटेर लगेको प्रहरीले जनाएको छ ।

दिउसो १२ झोलामा रकम लिएर बैंक आएका गुरुङ बैंकको काउण्टर अघि रकम जम्मा गर्न भौचर भर्दै गर्दा एक व्याक्तिले उनको रकम भएको झोला बोकेर भागेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक होम अधिकारीले जानकारी दिनुभयो ।

रकम लुटेर भाग्ने व्यक्तिको सिसी क्यामेरा फुटेजबाट पहिचान खुलेकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

नेपालका वन्यजन्तु भारत हुँदै बंगलादेश तस्करी, चितुवाको छालासहित दुई नेपाली भारतमा पक्राउ

(झापा) : पूर्वी नेपालको झापाबाट भारत हुँदै तेस्रो मुलुक बंगलादेशतर्फ नेपालका वन्यजन्तुको तस्करी हुने घटना सार्वजनिक भएको छ। झापाको काँकडभिट्टा

आज माघे (मकर) सङ्क्रान्ति,माई मेलामा भक्तजनको घुइचो

पवित्र नदी एवं त्रिवेणीमा स्नान, जप, तप, ध्यान र दान गरी घ्यू, चाकु, तरुल एवं खिचडी खाई माघे ९मकर० सङ्क्रान्ति पर्व आज देशभर मनाइँदैछ । सूर्य धनु राशिबाट

फाल्गुनन्द गोल्डकप : आर्मीलाई हराउँदै झापा–११ ले चुम्यो उपाधि

पाँचथर – पाँचथरको फिदिममा सम्पन्न १० औँ संस्करणको फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिताको उपाधि झापा–११ ले जितेको छ । फिदिम माविको खेल मैदानमा