प्याराग्लाइडिङ विश्वकप स्याङ्जामा, ३० देश सहभागी

कात्तिक १२, २०७५ पोखरा : नेपालमा सहसिक खेल प्याराग्लाइडिङको चर्चा चुलिएको छ। १८ औं एसियाडमा कसैले नसोचेको त्यो पनि नेपाललाइ एक मात्र रजत यहि प्याराग्लाइडिङबाट हात लाग्यो।‍ त्यसपछि विश्वको ध्यान अहिले नेपालतिर खिचिए छ। अहिले स्याङ्जाको भिरकोटमा नेपालमै पहिलो पटक प्याराग्लाइडिङको विश्वकप नै हुँदैछ। आगामी बिहीवारबाट प्रथम नेपाल प्याराग्लाइडिङ एक्युरेसी विश्वकप आयोजना हुने आयोजक संस्थाका सदस्य अनन्तकुमार श्रेष्ठले जानकारी दिए।  पाराग्लाइडिङ विश्वकप कात्तिक १५ देखि १९ सम्म स्याङजाको भिरकोट नगरपालिका–५ स्वरेक महापुर मैदान र वालिङ नगरपालिका–११ डौवाफाँटमा हुन लागेकोे श्रेष्ठले जानकारी दिए। ‘खेल धेरै विधाहरुमा हुन्छ,’ उनले भने, ‘पुरुष र महिला एकल र सामूहिक गरि पाराग्लाइडिङमा प्रतिस्पर्धा हुनेछ। पुरुष र महिलाको टिम तथा व्यक्तिगत एक्युरेसी गरी ४ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ।’ ३० देशको प्रतिस्पर्धा पोखरा महानगरसँग उडान करको विषयमा कुरा नमिलेपछि पोखराबाट स्याङ्जा पुगेको आयोजक टोलीले विश्वकपको तयारी पनि अन्तिम चरणमा पुगेको जनाएको छ। प्रतिस्पर्धामा नेपालसहित ३० देशका खेलाडीहरुले सहभागिता जनाउनेछन्। प्रतियोगितामा नेपालसहित क्यानडा, फ्रान्स, टर्की, ब्रिटेन, जापान, कोरिया, साउदी अरेबिया, सिंगापुर, इन्डोनेसिया, मलेसिया, मंगोलिया, भारत, पाकिस्तान, इरानलगायत देशको प्रतिस्पर्धा रहनेछ। प्रतियोगितामा १५० खेलाडीले आफ्नो क्षमता प्रदर्शन गर्नेछन्। प्रतियोगितामा एकलतर्फ प्रथम हुनेले एक हजार युरो, द्वितीयले ७ सय ५० युरो र तृतीयले ५ सय युरोसहित स्वर्ण पदक, मेडलसहित प्रमाणपत्र पाउने छन्। यस्तैगरी समूहगत प्रथम हुनेले १५ सय युरो, द्वितीयले १२ सय र तृतीयले ७ सय युरोसहित मेडल, प्रमाणपत्र र स्वर्ण पदक पाउनेछन्। उक्त विश्वकपका लागि स्याङ्जाका विभिन्न स्थानीय तहहरुसँगै बाबा एड्भेन्चर क्लबले ब्यवस्थापन गरिरहेको छ।   एउटै घेरामा छ पटक खस्नुपर्ने आकाशमा उडेको प्याराग्लाइडिङ ल्याण्ड गर्न खुल्ला ठाउँमा एउटा घेरा बनाईएको छ। हरेक खेलाडी आकाशमा छ पटक उड्नुपर्नेछ । उनीहरुले छ पटक नै उक्त घेराभित्र प्याराग्लाइडिङ ल्याण्ड गर्नुपर्नेछ।
 

प्रतिकृया दिनुहोस

फाल्गुनन्द गोल्डकप : दार्जिलिङकाे रोयल एफसीलाई हराउँदै आर्मी फाइनल प्रवेश

पाँचथर - पाँचथरको फिदिममा जारी फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा भारतको रोयल एफसी क्लब दार्जिलिङलाई २–१ गोल अन्तरले पराजित गर्दै

टोटनह्यामकाे अप्रत्यासित हार, लेस्टर पनि पराजित

पुस १५, २०७५ टोटनह्याम हस्टपुरलाई इंग्लिस प्रिमियर लिग उपाधिहोडमा गम्भीर धक्का लागेको छ। शनिबार भएको खेलमा टोटनह्याम अन्तिम १८ मिनेटमा वेल्भेससँग ३

मोउरिन्होलाई प्रशिक्षक पद बचाउने अन्तिम मौका

इंग्लिस प्रिमियर लिगमा एक साता पछि फेस्टिभ सिजन सुरु हुँदैछ । क्रिसमस त्यसपछि नयाँ वर्षका कारण लिग केही साताका लागि रोकिनेछ । यो बीचमा प्रिमियर लिग